२०७७ माघ ७, बुधबार

त्यो गरिबको पिडा कसले बुझिदिने ?

phoneशीर्षक पढ्दा पनि दुःख लाग्छ, किनभने हामी सबै गरिबकै सिमा रेखा भित्र छौं । संसारको गरिबतम मुलुकका हामीलाई यस्ता शीर्षकले अपमान गर्छ । तैपनि बाध्यतामा यस्ता लेख लेख्नैपर्छ । गरिबका कुरा नगरी गरिबीको मुक्ति सम्भव पनि छैनभन्ने पनि हामी लाई थाहा छ ।

त्यो ग्रामिण भेगका गरिब जनताको आँखा भरि आसुका धारा छन् । उहिरुलाई विहान साझँको छाक पनि कसरी टारौ भन्ने पिडाले दिनहँु सताइरहेको हुन्छ । उनीहरु संग हृदय भरि पिडा र कष्टका व्यथाहरु पनि उत्तीकै छन् ।

अनि मुटु भरि गरिबी र दुःखका कथाहरु संगालेर बाचिरहेका छन् । सुखको अनुभती उनीहरु संग छैन् । जो विहान साझँ अर्काको भारी बोकेर छाक टार्ने जमर्को गर्छ उसलाई के थाहा हुन्छ सुख कस्तो हुन्छ भनेर ? तिनै गरिब जतनाहरु आज पनि जिबन दुःखमै पिरलिरहेको छ ।

उनीहरुलाई धन पैसा भन्नु पनि थाहा छैन, धनको खोजीमा होइन विहान साझँको छाक कसरी टोर्ने भन्ने कुरामा पिरोलिरहेका छन् उनीहरु । तर जस्तो सुकै दुख कष्ट सहेर भएपनि जिवन गुजारा गरिरहेका छन् । अर्काको भारी नै बोकेर भएपनि अर्काको घरमा पसिनाको धारा चुहाउदै भएपनि जिवनलाई गुजारा गरिरहेकै छन् ।

साहुको भारी बोक्नु परेको छ । खाली पेट पाल्ने र एक सरो कपडाको जोहो गर्नमै उनिहरुको जिवन बितेको पत्तै छैन् । उनीहरुको सहाराको भन्नु आधा पेट खाएरै भएपनि धौ– धौ जिवन गुजारा गरेका तिनै पाखुरा बनेका छन् । तर कसैले खोज्दैन गरिबलाई आहारा दिन । गरिब दुखि भन्नु यस्तै हो । गगनचुम्बी महलको बीच सडक बाट पुर्णिमामा खेल्ने जुनको आलोक निहाली रहेका छन् ।

कल्पनाको सागरमा पौडी खेल्दै यथार्थ धरातलमा तैरने कोसिस गरिरहेका छन् । थाहा छैन यो बेदनाको बादल कहिले सम्म मडारिने हो उनीहरुको मन भित्र ? लेखाजोखा नै छैन कति बगे र बग्छ्न उनीहरुको आँसुका धाराहरु कुनै पत्तै छैन् ।

तर पनि जिबन लाई गन्तब्य उन्मुख डोहो¥याही रहेका छन् । ठुला–ठुला योजना बनाउछन् गरिब अनि काममा लाग्ने तरखर गर्छन अनायेसै काम्न लाग्छन उनिहरुका हात पाउँहरु । किन कि उनीहरुका अगाडी अभाबै अभाबको पर्खाल अगाडी खडा छ । कति कोसिस गर्छ त्यो पर्खाल भत्काउँन तर गरिबीलाई टाडा फाल्न सकिरहेका छैनन् । खोइ किन हो लिसो टाँसिए झैँ साथ मै टाँसिएर आइ दिन्छ ।

हजारौ हिम्मतहरु लाई बटुल्दै मन लाई शान्त पार्ने कोशिर गरेका हुन्छन् । यो संसारलाई नियाल्दै जिवनको यथार्थ परिभाषा खोजि हुन थाल्छ । अनि आफै सँग पैसाको मूल्य सोध्न बाध्य भएका छन् गरिबहरु । फेरी यो गरिबीको जन्जिर बाट मुक्त हुने बाटो खोज्छ । तर भेटाउदैनन् कतै हिड्ने गोरेटा हरु, अनि आफै घनघोर दःुखको जंगलमा हराएको महसुस गरिरहेका छन् ।

रुन्छ, कराउँछ र चिच्याउँछ बिरही भाकामा त्यो बनमा कराउने न्याउली चरीझै । तर गरिबको पिडा बुझिदिने कोहि हुदैन् सम्पन्नताको सिखर नाँगेकोहरु संग, पैसा रुपी समाजले उसको चित्कार सुनी दिने पनि त कोही छैन् यहाँ । बाध्यता नै बाध्यताले बाधिएको यो गरिबीको जिबन औसीको अध्यारो चिर्ने हिम्मत बोकी हिडेपनि सकिरहेका छैनन् यहाँ ।

बिहानीको उषाकिरण देखि साँझको गोधुली सम्म पसिनाका धारा बगाउदै तर पनि अभाब बाट मुक्ति पाउन सकेका छैनन् । आफ्नै हात ले आफ्नै पुर्पुरो ठोकेर आफुले धान्नै नसक्ने समस्याको भारी बोकी एकान्तमा खोइ के के कल्पीरहेका छन् यहाँ । तर अभाब नै अभाबमा बित्छ गरिबको जिन्दगि । यस्तै यस्तै सम्झाउने विर्साउने कथाहरु संगालेर बाचिरहेका छन् ।

तर तिनै महलमा रमाउनेहरुले उनीहरुको पिडा लाई एकपटक पछाडी फर्केर हेर्न सकेका छैनन् । दुःख लागेर आउछ हाम्रा देशका शासन हरु लाई देखेर । विहान साझँको छाक टार्नकै लागि साहुको घरमा पसिना बगाएको केही मतलब छैन् देशका शासन भनाउदाहरुलाई । खाली स्वार्थ पूर्ती र गरिबका नाममा ठग्न पल्लकेका हरुलाई के चासो भयो र ? विहान साझँको छाक टोर्ने कुरा मात्र होइन ।

बालबालीकाहरु एक सरो कपडा त्यसमा पनि अगाडी पछाडी टालो हालेर स्कुल पढ्न जादाँको पिडा कसैले बुझ्दैन यहाँ । सम्पन्न परिवारको छोरा छारीले राम्रो कपडा र स्कुलमा जादाँ संगै खाजा का परिकार बोकर जादाँ कती पोल्छ होला ति गरिबको छोरा छोरीको मन । उनीहरुको पिडालाई कम गर्ने कोही हुदैन् । उनीहरुको दुःखमा खिल्ली उडाउनेहरुको ताती लाग्छ बरु ।

महलमा बस्नेहरुलाई के थाहा तिनै झुपडिमा बास बस्ने गरिवको पिडा । विरामी हुदाँ औषधी गर्ने आफु संग एक कौडी नभएर अस्पतालको वेडमा एया एया गरेर छट्पटाउनु परेको भए थाहा हुन्थ्यो गरिबको पिडा कस्तो हुन्छ भनेर अनी विहान साझँको छाक टार्ने जोहो गर्न नसक्दा अर्काको देशमा गएर परिना चुहाउनु परेको भए थाहा हुन्थ्यो त्यो गरिबको पिडा । तर यहाँ तिनै गरिबको पिडालाई देखेर खित्त हास्नेहरुको जमात बढी छ ।

त्यो ग्रामिण बस्तीका जनताको अबस्था अहिले पनि उस्तै छ । गरिबीकै कुरा गर्ने नै हो भने पनि आफ्नो बारीमा उब्जाएको खाद्यान्नले ३ महिना पनि खान नपुग्ने अबस्था भएकै कारण तिनै ग्रामिण भेगका युवा पिढी विदेशीन बाध्य छन् । अझै भन्ने हो भने ति गरिबका छोरा छोरीहरु एक सरो कपडा किन्न नसकेर टालो हालेको कपडा लगाएर, अर्काको भारी बोकेर जिवन निर्वाह गरेका छन् ।

उनीहरुको राम्रो शिक्षा दिक्षाको त कुरा नै छोडौ । विहान साझँ अर्काको भारी बोकेर जिवन निर्वाह गर्ने तिनै बालबालिका हरुले राम्रो शिक्षा पाउने कसरी आशा गर्ने । विद्यालयको पोषकमै साहुको पथ्थर बोकेर उकालो र ओरालो गर्दाको पिडा कसले बुझीदिने सरकारले वा अरु कोहीले ।

वर्षेनी लाखौको संख्यामा नयाँ जोस र जाँगर भएका युवा जनशक्तिहरुलाई विदेश पलाएन हुन बाट रोक्ने सरकारी तबर बाट खै त प्रयास भएको ? विश्व बैंकले नेपालमा गरिबीको रेखामुनी रहेको जनसंख्या अझै २५ दशमलव २ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ । नेपालले दुई दशकको अवधिमा उल्लेख्य प्रगति गरे पनि गरिबीको रेखामुनीबाट उठेका जनता फेरि गरिब नै हुनसक्ने चेतावनी दिएका बेला सरकार टुलुटुलु हेरेर बसेको छ । सरकारले तीन वर्ष पहिले १३ औं योजना सार्वजनिक गर्ने क्रममा नै गरिबी २३ दशमलव ८ प्रतिशतमा झरेको बताएको थियो ।

आम्दानीको दिगोपनाको अभावमा गरिबीको रेखामुनीबाट उठेका जनता फेरि गरिब नै हुनसक्ने खतरा रहेको प्रतिवेदनमा उल्लेख छ ।
चुनावको बेला खोक्रो भाषण दिदै हिड्ने नेताहरु खै आज कता लुकेका छन् । सकिन्छ भने युवा पिढीलाई विदेश पलाएन हुन बाट रोकेर देखाउ, देश भित्रै रोजगारी सिर्जना गरेर देखाउ ।

खाली सत्ता र कुर्चीको तानातान होइन् । देश निर्माण गर्ने युवा वर्गले नै हो । युवायुवतीहरुलाई देश भित्रै केहि गर्न काम गर्न सक्ने अबस्था सिर्जना गर्न सके देश आफै बन्छ । अर्काको भर परिरहनु पर्दैन । देश भित्र रोजगारीका अबसरहरु सिर्जना गर्न सकियो र बास्तविक गरिबीको रेखा मुनी रहेको ग्रामिण क्षेत्रमा जनताहरु पहिचान गरी उनीहरुको जिवन स्तरमा सुुधार ल्याउन सकियो भने मात्र देशको मुहार फेरिनेमा कसैको दुई मत छैन् ।
                 लेखक दैलेखमा क्रियाशिल पत्रकार हुन् ।