२०७७ कार्तिक ३, सोमबार

चर्चा चौकुनेको, बिरोधले बिनाश र बिकास गर्छ त्यसपछि परिवर्तन आउँछ

भोजराज घोडासैनी

चौकुने गापाको काम प्रती आ-आफ्ना खाले धारण सबैले बनाइ रहदा यसले एउटा बहसको प्रारंभ गरेको छ।यसलाई सकारात्मक दिशामा लैजानुपर्छ । यसका निमित्त स्थापित राजनीति दल, पत्रकार,समाजसेवी ,बिद्वजिबी,अगुवा,व्यावसायि, युवा आदि सबैले भुमिका महत्त्वपूर्ण हुन्छ। जसले त्यहाँ बसिहरुको हाक र हितका लागि काम गरोस् ।

चौकुने जिल्लामा मात्रै हैन् देशमा नै नमुना गापा बनोस्।हिजो मात्रै अनियमित र नातावादको बिरोधमा नारावाजी सहित सडकमानै उत्रेको देख्न पाइयो। नातावाद त्यति ठूलो बिषय हो जस्तो मलाई चाहिँ लाग्दैन । बिश्वासका कारणले पनि नातावाद ले प्राथमिकता पाउछ, । काम गर्ने क्षमता र पारदर्शी हुन्छ भने जस्ले गरेनि गर्नु पर्ने दिगो बिकाश हो तर अनियमितले सामाजलाई खोह्रो बनाउछ। यसको खुलेर म पनि बिरोध,आलोचना र निन्दा गर्छु ।

हिजो चौकुने तत्कालीन सुर्खेत क्षेत्र नम्बर ३ को रुपमा रहदा चौकुने बासिलेनै ३पटक चुनाव जितेर केन्द्रिय यातायात मन्त्रीसम्म भए तर अहिले पनि चौकुनेको अन्तिम वाडसम्म यतायातको पहुँच छैन। थाप्लामा नुन बोकेर दिनभरिको बाटो हिंड्नुपर्छ । यसको पीडा म भन्दा बढी बेतान ,लगाम र बोलाका बासिलाई थाहा छ।अहिलेको माग त्यसैको अन्त्य को हो । अब पनि केही नहुने हो र उतै भइ रहने हो भने आगामीक चौकुनेका नेताहरूको एजेन्डा के अनि जनताले कसलाई बिश्वास गर्नेरु नेकपा र कांग्रेस दुबैका लागि हो यो प्रश्न जन्मिन्छ।

बिरोधले बिनाश र बिकाश गर्छ।त्यसपछि परिवर्तन आउँछ । परिवर्तन नकारात्मक आयो भने त्यसले हिटलरको जन्मदिन्छ।हिटलरको जन्म चौकुने बासिले मात्रै हैन देश भरनै नचाही रहेको अवस्था हो। यदि सकारात्मक परिवर्तन आयो भने बिरोधि तत्वहरुको केही अबेश बाँकीनै हुन्छन त्यसकालागी सासकले हलका तानाशाहीको शिला आप्नाएर आएको व्यवस्थालाई स्थापित गर्नुपर्छ ।

फेरि आफ्नै बाटोमा फर्किनु पर्छ।फर्किन सकिएन तानाशाही प्रबिधिनै रहि रहदा त्यसले पनि हिटलर जन्माउ छ,, त्यसो हुन गएमा नयाँ क्रान्तिकारीमा देश जान्छ। यो मेरो भनाइ हैन माक्र्सवादको भनाइ हो। जुन अहिले बिप्लब र उहाँका पक्षधरले चाहिँ रहेका छन। यसबाट फेरि सबै सुरुवात नया ढंगबाट हुन्छ। यसले देश र जनताको बिकाशलाई बर्षौ पछि पुर्याउछ।जो संघीय लोकतान्त्रिक गणतन्त्रका निमित्त दुर्भाग्य हो।

समर्थन र बिरोधि दुबैपक्षले अनियमितता भयो भनेर आवाज उठाउदा गापाका अध्यक्षले सार्वजनिक रुपमानै हरहिसाब र लेखाजोखा राख्ने हिम्मत देखाउनु पर्छ।कहि कतैबाट बेरुजु हुन गयो भने त्यसको दोष उहाँनै जान्छ नकि कांग्रेसका नेता लिन्छ।राम्रो हुदाहुँदै बिरोध भएको रहेछ भने त्यसको पनि मुल्यांकन गर्ने अबसर जनताले पाउछन् । सामाजिक संजालमा सडकमा अहिलेकै जसो गर्ने हो भने चौकुनेलाई कहि पुगाउदैन।