२०७७ मंसिर १६, मंगलवार

सुचना सहज रुपमा देउ

cropped-logosआम नागरिकले सुचना पाउने हकको कुरा सरकारले संविधानमै व्यवस्था गर्दिएको छ । नागरिकहरुले सुचना पाउने कुरा संविधानप्रदत्त हो । तर पनि आम नागरिकसम्ममा सार्वजनिक महत्वको सुचना माग्नुपर्छ भन्ने चेतना अझै छैन ।

त्यतिमात्रै होइन सुचना दिने पक्षले पनि सुचना सबैले पाउनुपर्छ र सबैलाई सहज ढंगले वितरण गर्नुपर्छ भन्ने कुरालाई खासै महत्व दिएको देखिदैन । सुचनाको महत्वको कुरा भनेको सबैको लागि अनिवार्य भएपनि हाम्रो समाज र सरोकार राख्ने क्षेत्रमा खासै प्राथामिकतामा राखेको देखिदैन ।
सम्भवत देशैभरीको अवस्था यस्तै होला । तर सुर्खेतमा लिखित रुपमा सूचना माग्ने प्रचलन अलीक बढि नै नभएको पाईएको छ । एक कार्यक्रममा अधिकारीहरुले सूचनाको हकको प्रयोग गरेर लिखित रुपमा सूचना पाऊ भन्ने निवेदन कम पर्ने गरेको बताएका हुन् । सेवाग्राहीसँग प्रत्यक्ष सरोकार हुने कार्यालयमा सुचना माग्ने पुरुषको तुलनामा महिलाहरुको संख्या झनै न्यून रहेको पाईएको छ ।

राज्यका निकायले प्रदान गर्ने सेवा अधिकतम खुला र पारदर्शी बनाइ विधिको शासन स्थापित गर्न सुचनाकोे हक सशक्त माध्यम भएको भएपनि यस्को प्रयोग भने असाध्यै न्युन भएको पाईन्छ । त्इसमा पनि सार्वजनिक निकायहरुमा सेवाग्राही तथा नागरिकहरुलाई सुचना उपलब्ध गराउन तोकिएका सूचना अधिकृतहरुले आफुसग प्रयाप्त सूचना राख्नु पर्नेमा सुचना अधिकारी हरु नै जिम्मेवार देखिदैनन् ।

आम नागरिकले कार्यालय गतिविधिका सामान्य सुचना माग गर्दा पनि सुचना अधिकृतले कार्यालय प्रमुखलाई सोध्नु पर्ने भन्दै आलटाल गर्ने,तथा यो सुचना हामिले दिन मिल्दैन अथवा हामि संग समय छैन भन्ने जस्ता सतहि कुराबाट सुचना माग्न आउनेलाई फर्कादिने सस्कृतिको विकाश भएको देखिन्छ ।

यस्तो अवस्थाको तत्काल अन्त गरि आगामि दिनमा सुचना माग्नसाथ सहज रुपमा पाउने व्यवस्था गर्नेगरि काम सम्पादन गर्दा सम्बन्धित सरोकार राख्ने कार्यालयलाई समेत सुसासनका निम्ती फाइदा हुने थियो ।