२०७७ कार्तिक १०, सोमबार

धान दिवस (फोटोफिचर)

सुर्खेत । वीरेन्द्रनगर नगर पालिका ९ नं वडा कार्यालय कार्यालयले आज असार पन्द्रका दिन १६औं राष्ट्रिय धान दिवस मनाएको छ ।

धान दिवसको शुभारम्भ गर्दै वडा अध्यक्ष सुरेश मानन्धरले “अहिले मानिसहरु विषादी रहित खाना खानबाट वन्चित भैरहेकोकोले सम्पूर्ण कृषकहरुलाई आर्गनिक खेत तर्फ लाग्न आग्रह गर्नुभयो ।

वडाको केही क्षेत्र धान खेतीकालागि उपयूक्त भएकोले विषादीरहित धान खेती गर्नुपर्छ । विषादी रहित खाना खायौ भने जीवन जिउन धेरै सजिलो हुने छ त्यसैले अब आर्गनिक खेत तर्फ लाग्न म सम्पूर्णलाई अनुरोध गर्दछु । अध्यक्ष मानन्धरले भन्नुभयो ।

कार्यक्रममा वडाका टोल विकास संस्थाका अध्यक्षहरुलाई दौड प्रतियोगिता खेलाइएको थियो । जस्ले पहिला धानको लिएर आउँछ उसैलाई विजेता गरिएको भिमबहादुर खड्काले जानकारी दिनुभयो ।