२०७७ कार्तिक ४, मंगलवार

महिला जनप्रतिनिधीहरु भन्छन : “हाम्रा श्रीमानलाई पनि तालिम चाहियो”

लक्ष्मीप्रसाद पौडेल

सुर्खेत ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाका महिला वडा सदस्य, महिला कार्यपालिका सदस्य र अन्य महिलाहरुले आफुहरुपनि परिवारबाटै विभिन्न हिंसाको सिकार र पडित बन्नुपरेको बताएका छन ।गुर्भाकोट नगरपालिकामा आइतवारदेखी सुरु भएको ‘२ दिने कानुनी अनुशिक्षण कार्यक्रमको सोमवार समापनमा सहभागीहरुले यस्तो बताएका हुन् ।

वडास्तरमै कानुनी अधिकार सम्बन्धी क्षमता अभिवृद्धीका कार्यक्रम आवश्यक रहेको पनि उनिहरुले बताएका छन । “हामि जनप्रतिनिधी भएर के गर्ने, हाम्रा श्रिमान नै बुझेका छैनन, हामिले मात्र बुझेर हुँदैन ।” महिला वडा सदस्य हरिमाया विकले भनिन्। “हामी नै हाम्रा परिवारवाट पिडित हुन्छौँ अन्य जनताहरुलाइ झन कस्तो समस्या होला ? अनि हामि नै विभिन्न हिंसाबाट पिडित छौँ अनि अरुलाई हिंसा नगरौँ कसरी भन्ने ?” उनले कानुन र विभिन्न हिंसाबारे नगरपालीकाले आगामी बजेटमा सबै महिला जनप्रतिनिधीहरुका श्रिमानलाईसमेत क्षमता अभिवृद्धी तालिम दिनुपर्नेमा जोड दिन आग्रह गरिन । “हामि विभिन्न हिंसाबाट उम्केर स्वतन्त्र भएपछी अरुलाई सिकाउनेछौँ ।” उनिहरुले आफु पनि खुलेर जनप्रतिनिधी बन्न परिवार बाधक बनेको बताएका छन ।

कार्यक्रममा नगरकार्यपालिका सदस्य शुसिला कार्किले जनचेतना, कुसंस्कार, वालविवाह अन्त्य गर्न वडास्तरमै सचेतनाका कार्यक्रम ल्याउनुपर्ने बताइन । उनले कार्यपालिका बैठकमासमेत यो विषयलाई उठान गर्ने प्रतिवद्धता गरिन् । यस्तै सहभागी महिला विश्णु शाहाले प्रत्येक टोल टोलमा कानुनसम्बन्धी जनचेतनाका कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् ।


सहभागीहरुले आफुहरुलाई कानुनसम्बन्धी धेरै ज्ञान नभएकोले विगतमा विभिन्न घटनामा पिडित भएको अनुभव सुनाए । वडास्तरमै यस्ता कार्यक्रम गरेमा धेरैलाई राहात हुने उनिहरुको अनुभव सुनाए । गाउँ, टोल, छरछिमेक जहाँतही कानुनी अधिकारसम्बन्धी तथा दण्डसजाए सम्बन्धी कार्यक्रम भएमा हिंसाका घटना पनि कम हुने र पिडितलाई पनि राहातका लागि अधिकारसम्बन्धी ज्ञान हुने भएकाले यस्ता कार्यक्रम नगरपालिकाले वडास्तरमै गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा बोल्दै गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले कानुनबारे उक्त तालिमा सहभागीहरुलाई आ-आफ्नो सम्बन्धित वडा, टोल, छरछिमेक र साथिभाइहरुलाई जानकारी दिन अनुरोध गरे । “कानुन सबैले बुझ्नुपर्छ तर सबैभन्दा पहिले महिला पिडित भएकोले कानुन बुझेपछी शसक्त हुन्छन हिंसा सहेर बस्दैनन्।” उनले भने । गुर्भाकोट नगरपालीकामा वालविलाह धेरै भएको बताउदै उनले नगरको आगामि बजेटमा महिला र वालवालिकाको क्षेत्रमा महत्व दिने जानकारी दिए ।


कार्यक्रममा गुर्भाकोट नगरपालिकाका १४ वटै वडाका महिला मडा सदस्य, नगरकार्यपालिकाका महिला सदस्य र अन्य महिला सदस्य गरी करिब ६० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।
द ग्रिनसिटी सेनिटेशन सेवा नेपालको आयोजना, कर्णाली मिडिया सेन्टरसंगको सहकार्य र गुर्भाकोट नगरपालिकाको सहयोगमा कार्यक्रम आइतबारदेखी सुरु भई आज समापन भएको छ ।

 

वडा महिला सदस्यले भनिन् : हाम्रा श्रिमानलाई पनि तालिम दिनुहोस (भिडियो)