२०७७ कार्तिक ९, आईतवार

पत्रकारमाथि हातपात, महासंघद्वारा ध्यानाकर्षण

सुर्खेत ।
समाचार संकलन गर्न गएका तीन जना पत्रकारलाई सुर्खेत उपभोक्ता खानेपानी संस्थाका कर्मचारीहरुले हातपात गरेका छन् । सुर्खेतको देउती एचडी टेलिभिजनमा कार्यरत पत्रकार बुद्धिसिंह ठकुरी, नवराज रोकाय र क्यामरापर्सन भीम परियारलाई अध्यक्ष कूलमणि देवकोटासहितका कर्मचारीले हातपात गरेका थिए ।
उक्त दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घटना नदोहोर्याउन आग्रह गरेको
छ । अध्यक्ष गणेशकञ्चन भारती र सचिब सुदिप पुरि द्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार संकलन गर्ने क्रममा गरिएको दुव्र्यवहारले प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप र नागरिकले सूचना पाउने अधिकार बञ्चित गराउन खोजिएको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न भनिएको छ ।

विज्ञापनमाथि उच्च अदालत सुर्खेतले अल्पकालीन अन्तरिम आदेश जारी गर्यो