२०७७ कार्तिक ६, बिहीबार

दुईवटा समामुदायिक वन वैज्ञानिक बन्ने

कृष्णप्रसाद अधिकारी

दैलेख ।
दैलेख जिल्लाका सामुदायिक वन मध्य २ वटा वन बैज्ञानिक बन्ने भएका छन् ।
दैलेखजिल्लाको दुल्लू नगरपालिका वडा नं १० गमौडीमा रहेको छितावारी सामुदायिक वन र भैरबी गाउँपालिका वडा नं १ मा रहेको रातिखाल सामुदायिक वनमा यसै बर्ष देखि बैज्ञानिक वन कार्यक्रम लागु भएको वन डिभिजन अधिकृत नवराज पौडेल बताउनु भएको छ ।


बिहिबार वन डिभिजन कार्यालय दैलेखले सदरमुकाममा आयोजना गरेको पत्रकारहरुका लागि वैज्ञानिक वन व्यवस्थापन अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बताउँनु भएको हो । यहाँले भन्नु भयोे सामुदायिक वन उपभोक्ता महासंघ लगायत सरोकारवाला निकायहरुले यो कार्यक्रम सहयोग गर्नुपर्ने अपेक्षा राख्दै । जलवायु परिवर्तनको कारण बिग्रँदै गरेको वातावरण सुधार गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु् भई कार्यान्यन भएमा मात्र सुखि नेपाली समृद्ध नेपाल हुने समेत बताउनु भएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै भैरबी गाउँपालिका वडा नं १ का वडाध्यक्ष काशिराम कार्कीले वैज्ञानिक वन व्यवस्थापनले वन क्षेत्रको संरक्षण र वातावरण अनुकूलनमा सहयोग पुग्ने भएकोले यस्तो कार्यक्रमा कोही पनि पुर्वाग्रही नभई आफुले गर्नसक्ने सहयोग सबैले गर्नुपर्नेमा जोड दिनुभयो यस्तै नेपाल पत्रकार महासंघदैलेखका अध्यक्ष चक्र केसीले राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने अधिकार सबैमा भएको र राम्रो कामलाई सबैले सहयोग र्गनुपर्ने र नेपाल पत्रकार महाँसंघ तथा संचार क्षेत्रमा दैलेखका संचारकर्मीहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

अहिले छनोट गरिएका वन दुल्लू नगरपालिका–१० गमौडीको छितावारी सामुदायिक वन र भैरबीगाउँपालिका–१ रावतकोटको रातिखाल सामुदायिकवनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम १० वर्ष चालु हुने भए पनि यसलाई विस्तारै अन्य क्षेत्रमा पनि लागु गरिने बताइएको छ । दैलेखमा करीब ३ सय ८० सामुदायिक वन मध्ये ५६ वटा सामुदायिक वन मात्र नियमित रुपमा लेखा परीक्षण, आवधिक योजना बनाउने, गरेको समेत जनाइएको छ ।