२०७७ कार्तिक १०, सोमबार

आठबिसमा निशुल्क स्वास्थ्य शिविर

दैलेख ।दैलेखको आठबिस नगरपालिका मा एकदिने  निशुल्क  स्वास्थ्य शिबिर सन्चालन भएको छ।

जिल्लाको पश्चिम भागमा अबस्थित नगरपालिकामा पहिलो पटक भयको यस्तो स्वास्थ्य शिबिर बाट छिमेकी जिल्ला अछाम तथा जालिकोटका बिरामी पनि लावान्भित भएका छन।

शनिबारको दिन सन्चालित यस स्वास्थ्य शिबिरमा दैलेख तथा सुर्खेत बाट बिशेषज्ञ डक्टर हरु बोलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश्वरी शाहिले बताए।

उनका अनुसार शिबिर बाट ४ सय पचास भन्दा बढिले आफ्नो स्वास्थ्य परिक्षण तथा औषधि उपचार गराएका थिए।
शिबिरमा निशुल्क स्वास्थ्य परिक्षण , औषधि बितरण , भिडिओ एक्सरे , गर्भबती परिक्षण तथा , स्त्री रोग जाँछ तथा दन्त परिक्षण समेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलप्रसाद सुबेदीले बताए ।

आफ्नै घर आगनमा विशेषज्ञ सेवा उपलब्ध हुदा जनता हरु खुसी भएको नगरप्रमुख खड्गराज उपाध्याय ले बताए। यस्ता शिबिर हरु समय समय मा गरिरहने नगरपालिका को योजना रहेको उनले बताए।शिविरमा सहभागीहरु निकै उत्साहित थिए ।