२०७७ कार्तिक ८, शनिबार

प्रदेश सरकारको करिब ४ लाख क्यान्सर पीडितलाई

सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशभरीका १२ जना क्यान्सर लगायतका रोग पीडितलाई ३ लाख ६५ हजार वितरण गरेको जनाएको छ ।

प्रदेश सरकारको करिब ४ लाख क्यान्सर पीडितलाई सरकारले आन्द्राको क्यान्सर
भएका २ जना, फोक्सोको क्यान्सर भएका २ जना, मुत्रनली रोगबाट ग्रस्त बिरामी १ जनालाई राहत वितरण गरेको जनाएको छ । यस्तै, ब्रेन ट्युमर भएका एक जना, ब्लड क्यान्सर भएका एक–एक जना, सर्भाभइल क्यान्सर भएका एक जना गरी एक वर्षमा जम्मा १२ जनाला तिमध्ये आन्द्रा, पिसाब, मुत्रनली
र पाठेघर क्यान्सर भएकालाई मन्त्रालयले ४० हजारका दरले राहत वितरण गरेको हो भने फोक्सोको क्यान्सर भएकालाई ३० हजार र अन्यलाई २५ हजारका दरले राहत रकम वितरण गरेको हो ।

तर लाभान्वितको संख्यामा भने प्रदेशका ६ जिल्लाका बिरामी मात्रै देखा परेका छन   । सुर्खेतका सबैभन्दा बढी ६ जना लाभान्वित भएका छन् भने मुगु, कालिकोट, दैलेखका एक–एक जनाले मात्रै उक्त रकम प्राप्त गर्न सफल भएका
छन् । तीन जना हुम्लाले पनि राहत रकम प्राप्त गरेका छन् ।

प्रदेशभरी यस्ता दीर्घरोगीको संख्या धेरै भए पनि जम्मा १२ जनाले मात्रै राहत प्राप्त गर्नु दुःखद् भएको दिनेशकुमार बुढाको भनाइ छ ।

यसरी सरकारले रोगीलाई रकम दिने गरेको समाचार वा सूचना बेलैमा सार्वजनिक भएको भए धेरैले लाभ पाउने उनको अपेक्षा छ ।