२०७७ कार्तिक १०, सोमबार

भेरिगंगामा विद्युत अनियमित हुँदा जनजिवन प्रभावित

सुर्खेत । सुर्खेतको भेरिगङ्गा नगरपालिका ११ मा बिधुत टान्सफर्मरमा अाएको खराबी कारण त्याहाँका जन जीवन कष्टकर बन्दै गएको छ ।

गत असार २० गतेदेखि बिधुत अापुर्ति नहुदा सयौं घर अनि दुईवटा राईस मिल, दुई दर्जन बढि खानेपानी र सिचाइका मोटरहरु, दर्जन बढि किरानपसल फ्रेस हाउस र दर्जनै बढि पोल्टि फार्महरु प्रभावित भएका छन्।

अापुर्ति बन्द भएको हप्तादिन पुग्दा पनि सम्बन्धित निकायले कुनै चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन्।