२०७७ कार्तिक ३, सोमबार

मन्त्री बुढाको जवाफ : सम्बृद्धिका लागि बजेट

 

कर्णाली प्रदेश सभाको बैठक फाइल फोटो

सुर्खेत । अहिले वितरणमुखी भनिए पनि आगामी दिनमा प्रदेशको सम्बृद्धि ल्याउने कर्णाली प्रदेश सभामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जवाफ दिएका छन् ।

प्रदेश सरकार गठन भइसकेपछि थुप्रै पर्यटनसम्बन्धी गतिविधि भएको दावी गरे ‘फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्दै उनले सरकरात्मक रुपमा लिन सांसदहरुलाई आग्रह गरे  ।

मन्त्रालयमा जम्मा २ अर्ब ४५ करोड बजेट भएको र असीमित योजनाहरु आएकाले सांसदहरुले दिएका योजनाहरु समेट्न नसकेको बताए ।

मन्त्रालयबाट बनाइएका कुनै पनि योजना बदनियत र संविधानविपरित नभएको दावी गरे ।

यथार्थ धरातलमा टेकेर कार्यक्रमहरु समावेश गरेको संसदमा मन्त्रीले स्पष्ट पारे । कर्णाली रारा भ्रमणमार्फत् कर्णालीमा बाह्य र आन्तरिक पर्यटकको ३४ प्रतिशतले बृद्धि भएको दावी गरे ।

कर्णालीका विभिन्न जिल्लामा
अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक
वर्षमा धेरै आन्तरिक र बाह्य पर्यटक
बृद्धि भएको तथ्याङ्कसमेत प्रस्तुत गरे ।

अहिले झट्ट हेर्दा बजेट वितरणमुखी देखिएको भए पनि दीर्घकालीन सोचका साथ बजेट विनियोजन गरिएको र सम्बृद्धिका लक्ष्यहरु बजेट र योजनाले पूरा गर्ने बताए । छलफलका क्रममा सांसदहरुले भिजन विनाको योजना र बजेट भएको सम्बृद्धिका लागि बजेट भन्दै सांसदहरुले चर्को आलोचना
गरेका थिए ।

उक्त आलोचनाप्रति मन्त्री बुढाले सरकारको लक्ष्य नै सुखी कर्णाली भएको र आफ्नो निर्वाचन क्षेत्रमा योजना नपरेको भन्दै चित्त नदुखाउन सांसदहरुलाई उनले आग्रह
गरे ।

‘‘अन्य क्षेत्रका योजनासम्पन्न भए कर्णाली नै सम्बृद्धि हुन्छ, यसमा चित्त दुखाउनुपर्ने कुनै कारण छैन’’, उनले भने । बजेट सन्तुलित नै भएको उनको दावी थियो ।

बैठक सुरु हुन अगावै सांसद विन्दमान बिष्टले आसनबाटै उठेर सरकारको ध्यानाकर्षण गराउँदै मन्त्रालयगत बजेटमाथि छलफल भइरहेको बताए   ।

‘‘सम्बन्धित मन्त्रीहरुले जवाफ दिइरहनुभएको छ । तर मन्त्रीज्यूहरुले दिएका जवाफ अपर्याप्त छ, जवाफ अपुगताको महसुस छ  ।’’ उनले भने, ‘‘संसदमा सांसदहरुलाई आधा बजेट र आधा कार्यक्रम ल्याएर त्यसमा छलफल गराएर सम्पूर्णरुपमा त्यसलाई व्यक्त गर्न सकिन्छ की सकिदैन ।’’

उनले बजेटबारे अनभिज्ञता प्रकट गर्दै भने, ‘‘हामीले सशर्त अनुदानबाट आएको बजेट आएको कहिले थाहा पाउने ? स्थानीय तहमा पढाइएको बजेट शीर्षकहरुको थाहा कहिले पाउने ?

आधा बजेट ल्याए र सदनलाई गुमराहमा राखेर यसमाथि बहस गराएर सांसदहरुलाई केही थाहा पाउँदैनन्, अध्ययन गर्दैनन् भन्ने सन्देश बाहिर फैलाइएको छ, यसमा म सरकारको ध्यानाकर्षण गराउँछु ।’’

उनले आर्थिक मामिला तथा याेजना मन्त्रीको ध्यानाकर्षणसमेत गराए ।