२०७७ कार्तिक १२, बुधबार

कर्णालीको बजेट, अन्ततः सांसद पाउँदै १० करोड

सुर्खेत । कर्णाली प्रदेश सभामा प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि पेश गरेको वार्षिक बजेटमाथि सांसदहरुको आक्रोश र असन्तुष्टि चुलिएका बेला बजेट पारित कसरी होला भन्ने संशय आम जनमानसमा पैदा भएको छ ।

अन्य प्रदेशमा सरकारको बजेट पारित
भइ कार्यान्वयनको तयारीमा रहेका बेला सरकारले बजेट पेश गरेको आज २८ दिन हुँदासम्म पनि पारित नहुनुले बजेट पारितको अन्यौल बढाइदिएको हो । तर श्रोतका अनुसार सरकार र सांसदबीच जनता सडक कार्यक्रम अन्तर्गत पूर्वाधार तर्फ खर्च गर्ने गरी १० करोडमा डिल पक्का भएको छ । जसले गर्दा अब कर्णालीको बजेट पारित भयो भने संशय मान्नुपर्ने कारण नै छैन ।

अहिलेसम्म सदनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तिरक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका विनियोजन विधेयकमाथिको छलफल सकिसकेका छन्   ।

मन्त्रालयको बजेटमाथि सांसदहरुले कडा आक्रोश पोख्दै आएका छन् । ‘‘मन्त्रीको जवाफबाट कोही सांसद पनि खुशी देखिएका छैनन् ।’’

सांसद सुशीलकुमार थापा भन्छन्, ‘‘बजेटमा मनपरी भएका कारण आफ्नै पार्टीको सरकारप्रति असन्तुष्टि बढेको हो ।’’ उनले सरकारले बजेट सुधार गरेर सन्तुलन मिलाए यही मसान्तभित्रै बजेट पारित हुने दावी गरे । तर अर्का सांसद विन्दमान बिष्ट अब बजेट पारित हुने कुरामा कुनै संशय नभएको बताउँछन् ।

‘‘बजेट त अब पास भइहाल्छ । बजेटमा सुधार हुन्छ ।’’ उनले गत वर्ष सरकारले जनता सडक कार्यक्रमअन्तर्गत २ करोड दिएकोमा यो वर्ष २ करोड मात्रै दिँदा विवाद भएको बताए । ‘‘गत वर्षको भन्दा कम बजेट छुट्या एपछि सांसदहरुमा आक्रोश पैदा भएको हो ।’’ उनले भने, ‘‘सांसदको मुख्य।माग हरेक निर्वाचन क्षेत्रमा लोकप्रिय कार्यक्रम जनता सडकअन्तर्गत पूर्वाधार निर्माणका लागि सरकारले १० करोड दिने भइसकेपछि अब विवाद क्रमिक रुपले समाधान हुँदै गएको छ ।’’

उनले बजेटप्र ति अझै पनि सांसदहरुको असन्तुष्टि रहेको बताए । ‘‘बजेटमा हामीले चालु खर्च कम गरौँ भनेर भनेका छौं ।’’ बढीभन्दा बढी पूर्वाधार निर्माणमा बजेट केन्द्रित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउँदै सांसद बिष्टले भने, ‘‘भेला, गोष्ठी, भ्रमण, अन्तरक्रियाजस्ता फजुल खर्च कटौती गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’’

उनले यो विषयमा सरकार गम्भीर रहेको आफूले पाएको बताए । यसका अलावा बजेट सन्तुलन गर्नुपर्ने आफूहरुको माग रहेको सांसद बिष्टले जानकारी दिए ।

असन्तुष्टिका बाबजुद बजेट पारित हुन्छ त भन्ने प्रश्नमा सांसद बिष्ट भन्छन्, ‘‘बजेट पास गर्नुको विकल्प नै छैन । सरकारले बजेटमा सुधार ल्याउँछ र असार मसान्तभित्रै हामी बजेट पारित गर्छौँ ।’’