२०७७ कार्तिक ६, बिहीबार

कर्णालीको प्रदेश सभा दोहोरीमय बन्दै

कर्णाली प्रदेश सभाको बैठक फाइल फोटो

सुर्खेत । असार २५ गते कर्णाली प्रदेश सभामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०७६.०७७ का लागि सदनमा पेश भएको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको कर्णालीको प्रदेश सभा दोहोरीमय बन्दै जवाफ दिँदै सांसदहरुले बजेटलाई काँडाको रुपमा लिएको बताउँदै उनले आफूले ल्याएको बजेट फूलजस्तो भएको बताएका थिए ।

‘फुलको आँखामा फुलै संसार,
काँडाको आँखामा काँडै संसार’

भन्ने बोलको गीत गाएका थिए  । असार २७ गते बसेको प्रदेश सभाको बैठकमा उक्त गीतको जवाफ व्यङ्ग्यात्मकरुपमा नै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मन्त्री बुढाको भनाइको जवाफ फर्काए ।

फुलको आँखामा फुलै संसार
काँडाको आँखामा काँडै संसार
झुल्किन्छ है बजेट मान्छे अन्सार ।।
चित्त शुद्ध होस् तिम्रो बोली बुद्ध होस
तिम्रो पैतालाले कुल्चिसक्यो सबै थोक ।।

तह तह बजेट देखुँ कालो रातैमा
जीवन परिवर्तन गर्न सकुँ एकै रातमा
पापी मनमा खुल्छ है पापी संसार
मन्त्रीको आँखामा काँडै संसार ।।

उनले यो गीत गाइरहँदा सभामुख राजबहादुर शाहीले भने, ‘‘गीत राम्रो छ संगितको अनुभव छ   ।’ ’

सभामुखको यो भनाइ आउँदा नेता शाहीले अर्को पाली संगीतको व्यवस्था गरिदिन माग गरे । नेता शाहीले हवाइ सेवा सरकारले सञ्चालन गर्न नसक्ने बताउँदै एक रुपैयाँमा बजेट झार्न माग गरे ।

अर्थमन्त्रीले दिए जवाफ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सदनमा मन्त्रालयको विनियोजन बजेटमाथि प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् ।

‘‘हामी चालु खर्च कमै गर्ने पक्षमा छौँ ।’’ उनले भने, ‘‘कहाँ, कति कम गर्न सकिन्छ सांसदहरुको सुझाव सल्लाहको अपेक्षा गर्दछु ।’’ उनले सांसदहरुको मुख्य माग सम्बोधन भइसकेको बताएका छन् । ‘‘जनता सडक कार्यक्रमका लागि प्रति निर्वाचन क्षेत्रमा १० करोड र प्रति निर्वाचन क्षेत्रमा पाँच करोड रकम दिने निर्णय भइसकेको छ ।’’ उनले भने, ‘‘अन्य संसदहरुका माग सम्बोधन गर्न सरकार तयार छ ।’’

भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनमाथि छलफल भौतिक पूर्वाधार मन्त्रालयको विनियोजन बजेटमाथि छलफल सुरु भएको छ ।

छलफलमा भाग लिँदै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य दीनबन्धु श्रेष्ठले मन्त्रालयले ठूला योजना क्रमागतमा ल्याए पनि साना योजनालाई क्रमागतमा राख्न नहुने बताए । उनले समानुपातिक तथा प्रत्यक्ष निर्वाचित सांसदहरुबीच सरकारले खेलिरहेको बताउँदै बजेटका नाउँमा विभेद नगर्न माग गरे । बजेट व्यक्तिमुखी, वुतरणमुखी र विचौलियामुखी भएको बताउँदै सांसद श्रेष्ठले यस्ता बजेट सुधार गर्न आवश्यक रहेको बताए ।

नेकपा निकट सांसद अम्मरबहादुर थापाले बजेठ ठूला नेता केन्द्रित भएर बजेट आएको बताए । ‘‘सरकारका सदस्य भएका तथा ठूला नेताहरुका ठाउँमा ठूला बजेटसहितका योजना
गएका छन् ।’’ उनले भने, ‘‘यहाँ संसद पनि क र ख भनेर सरकारले छुट्याउँदै
बजेट विनियोजन गरेको छ ।’’

उनले हैसियत सबैको बराबर भएको बताउँदै सबैलाई समान व्यवहा र गर्न सरकारलाई आग्रह गरे । उनले भाषणले मात्रै प्रदेश नबन्ने बताए ।

नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले बजेट खोक्रो, परजीवि तथा भ्रष्टाचा रका ठूला खाल्डासहित आएको बताए ।

उनले मन्त्रीले सदनमा रवाफ देखाएको बताउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मन्त्री सुधार गर्न सुझाव दिए । उनले मन्त्रीलाई भेट्न वा योजना राख्न माग गर्न जाँदा अब पोशाक परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘‘मुख्यमन्त्रीज्यू, हामीलाई पहेंलो एक जोर कपडा र एक कमण्डलु ३१ जना सांसदको हातमा दिइयोस् ।’’ उनले भने, ‘‘यो पोशाकले योजना दिइएन, त्यो ड्रेस आए हामीलाई
मन्त्रीको आँगनमा माग्न सजिलो हुनेछ ।’’ उनले प्रदेश गौरवका आयाेजना कुन–कुन हुन् भन्दै सरकारसँग प्रश्न गरे ।

छलफलमा सांसद धर्मराज रेग्मी,
रातो कामी, सुशीलकुमार थापा, अमृता
शाही, गणेशप्रसाद सिंह, झोवा कामी
लगायतले भाग लिएका थिए ।