२०७७ कार्तिक ९, आईतवार

विपद् सामनाका लागि कर्णालीमा उच्च सतर्कता : ८० प्रतिशत सुरक्षाकर्मी तयारी अवस्थामा

सुर्खेत । कर्णाली प्रदेशमा विपद्को पूर्व तयारीका लागि ८० प्रतिशत सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।

प्रदेशका १० वटै जिल्लामा वर्षाका
कारण हुन सक्ने सम्भावित क्षतिलाई ध्यानमा राखी ८० प्रतिशत सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको कर्णाली प्रदेश प्रहरी प्रवक्ता अमरेन्द्र प्रसाद सिंहलो जानकारी दिएका छन् ।

शुक्रबार कर्णाली राजमार्गका केही ठाउँमा सडक अवरुद्ध भए पनि त्यसलाई तत्काल सुचारु गरिएको र अहिले त्यस्तो अवस्था नरहेको डिएसपी सिंहले जानकारी दिए ।

यस्तै, बाढी पहिरोबाट उद्वारका लागि आवश्यक सामाग्रिको समेत व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ  ।

सुर्खेतबाहेक अन्य जिल्लाहरुमा बाढी पहिराे को जाेखिम उच्च रहेको प्रहरीको भनाइ छ । शनिबार सल्यानमा केही केही घरहरुको भने सामान्य छाना उडाएको प्रवक्ता सिंहले बताए ।