२०७७ कार्तिक ५, बुधबार

छिञ्चु–जाजरकोट सडक खण्ड धकेलेर गाडी

फाइल फोटो

सुर्खेत। छिञ्चु–जाजरकोट वर्षात्को समयमा यस सडकखण्डको विभिन्न ठाउँमा वर्षेनी गाडी फस्ने गर्दा यात्रुले सास्ती पाउने गरेका छन् ।

पाँच वर्ष अघि नै कालोपत्रे भएको यो सडकको सल्लीबजार–खलंगा सडक खण्डअन्तर्गत दर्जन बढी खोलामा बन्नुपर्ने पुल समयमा नबन्दा यात्रुले दुःख पाउने गरेका हुन् ।

कहिले खोला बढेर त, कहिले निर्माणाधीन छिञ्चु–जाजरकोट सडक खण्ड धकेलेर गाडी पुल आसपासमा फालिएको माटोमा गाडी फसेर समस्या हुने गरेको छ ।

कालीखोलामा बनिरहेको निर्माणाधीन मोटरेवल पक्की पुल बनाउने क्रममा फालिएको माटोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी गुड्न समस्या भएको जाजरकोट भेरी नगरपालिका वडा नं. ४ का यात्रु रणबहादुर कार्कीले बताए ।

धेरैजसो पुलको ढलानको काम सकिए पनि पुल आसपासका सडकको काम नसक्दा चिप्लो बाटोमा गाडी गुड्न समस्या भएको उनको भनाइ छ ।