२०७७ कार्तिक ११, मंगलवार

चलचित्र ‘टालो’को शुभ मुहर्त

सुर्खेत। नेपाली कथानक चलचित्र ‘टालो’को शुभ मुहर्त गरिएको छ  ।

निहारिका फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित नेपाली समाजमा रहेको कुरितिमामा आधारित उक्त चलचित्र ‘टालो’को शुभ मुहर्त चलचित्रको मंगलबार वीरेन्द्रनगरमा शुभ मुहर्त गरिएको हो ।

महिला हिंसा, छाउपडी प्रथा सामाजिक विकृतिहरु चलचित्रले समेटेको छ । चलचित्रको निर्माण गगन विश्वकर्माले गरेका छन् । चलचित्रमा निर्देशन भने दिपक बिष्टले गरेका छन् ।

उत्तम रिमालको द्वन्द्व निर्देशन रहेको उक्त चलचित्रमा ३ वटा गीत समेटिएको छ । चलचित्रलाई कर्णाली प्रदेशका विभिन्न ठाउँमा छायाङ्कन गरिएको थियो ।