२०७७ कार्तिक १५, शनिबार

सुर्खेतमा १ वर्षको सवारी दुर्घटना : डेढ करोड राजस्व, २९ को मृत्य

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लाबाट मात्र आर्थिक वर्ष २०७५/०७६ मा डेढ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

विभिन्न सवारी साधनमाथि गरिएको कारवाहीका क्रममा १ करोड ६४ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय,सुर्खेतले जनाएको छ ।

प्रदेशको राजधानी भएसँगै सवारी साधनको चाप बढेका कारण राजस्व सङ्कलन धेरै भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिए । अघिल्ला वर्षहरूको तुलनामा हालसम्मकै धेरै राजस्व सङ्कलन भएको उनले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ८७ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलनभ एको थियो ।

गत आर्थिक वर्षमा सुर्खेत जिल्लामा चलेका २७ हजार ९३ विभिन्न सवारी साधन कारवाहीमा परेको कार्यालयले जनाएको छ । जसमध्ये सबभन्दा धेरै पुस महिनामा २ हजार ८ सय ७३ वटा सवारीसा धन कारवाहीमा परेका थिए ।

पुस महिनामा १९ लाख ४७ हजार रुपैयाँरा जस्व सङ्कलन भएको कार्यालयलले जनाएको छ । यसैबीच, सुर्खेतमा आर्थिक वर्ष २०७५/०७६ मा ६५ वटा सवारी साधन दुर्घटना भएका छन् । ति दुर्घटनामा परेका २९ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी १ सय ८१ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय, सुर्खेतले जनाएको छ । दुर्घटनामा सबैभन्दा धेरै यात्रुबाहक बस परेका छन्। १५ बस, ८ ट्रक, ५ जीप, २१ मोटरसाइकल,  ८ ट्याक्टर र ७ अटो रिक्सा आर्थिक वर्ष २०७५/०७६ मा दुर्घटना भएको कार्यालयले जनाएको छ । जसमा २१ पुरुष र ८ जना महिलाको मृत्यु भएको छ ।