२०७७ माघ ४, आईतवार

लेखा व्यवस्थापन तालिम

downloadसुर्खेत, भदौ ७ । सुन्दर नेपाल संस्थाअन्तर्गत सुर्खेतमा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पीक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम (पहल) को आयोजनामा सहकारी लेखा व्यवस्थापनसम्बन्धी ६ दिने तालिम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।

परियोजना लागू भएको गाविसका सहकारी संस्थामा आबद्ध व्यवस्थापकहरुलाई सहकारीलाई उचित व्यवस्थापनका साथ अगाडि बढाउन मद्दत पु¥याउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा पहल परियोजनाका टिमलिडर इशुशंकर श्रेष्ठले अध्ययन गरेर जानेका सैद्धान्तिक कुराहरुलाई व्यवहारमा लागू गर्नका लागि तालिमको आवश्यकता पर्ने बताए ।

कार्यक्रमका मुख्य प्रशिक्षक दामोदर अधिकारीले सहकारी व्यवस्थापनको मूल्य, मान्यतालाई सहकारी सञ्चालक र सरोकारवाला निकायहरुले समेत लागू गर्न नसकेको बताए । सहीरुपमा सहकारीका मूल्य मान्यतालाई आत्मसात गर्दै अगाडि बढे गाउँमा आफै पूँजीको सिर्जना गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रमका सभापति एवम् सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले सहकारी संस्थाहरुलाई व्यवस्थित गरी लक्ष्य प्राप्तिका लागि समय–समयमा आवश्यकताअनुसार तालिमको खाँचो पर्ने बताए । उनले गाउँमा व्याप्त बेरोजगारी र गरिबीको समस्या न्यूनीकरण गर्नका लागि सबैभन्दा सजिलो माध्यम नै सहकारी अभियान भएको उल्लेख गरे । यसअघि पनि संस्थाले दुई पटक सहकारी व्यवस्थापनसम्बन्धी तालिम दिइसकेको जानकारी गराउँदै तालिममा सिकेका कुराले सहकारीलाई समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे ।

तालिम उद्घाटन कार्यक्रममा पहल परियोजनाका कार्यक्रम संयोजक भिमराज बास्तोलाले परियोजना लागू भएका स्थान र कार्यक्रमको बारेमा जानकारी दिएका थिए । यस्तै, वैकल्पीक जीविकोपार्जन अधिकृत मिलन श्रेष्ठले तालिमको उद्देश्यका बारेमा स्पष्ट पारेका थिए ।