२०७७ कार्तिक ११, मंगलवार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बेथिति सुधारको माग

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बेथिति सुधारको मागसहित विद्यार्थीसहरुले विज्ञप्ती जारी गरेका छन् ।
विश्वविद्यालयका पदाधिकारीको आफुखुशीको कारण विद्यालयको सिनेट बैठकसमेत केन्द्रिय क्याम्पसमा नगरि प्रधानमन्त्री निवासमा गरिनु यहाँका बासिन्दाको लागि खतराको संकेत देखिएको स्ववियू सभापति झक्कबहादुर शाहीले बताए ।
पछिल्लो समय विश्वविद्यालय प्रशासनले स्ववियू मार्फत संचालन गरिदै आएका अतिरिक्त क्रियाकलापलाई बन्द गराई कुनैपनि क्रियाकलाप संचालन नगरेको आरोप लगाएका छन् । स्ववियू सभापति शाहीले भने–‘विश्वविद्यालयले अतिरिक्त क्रियाकलाप कुनैपनि गरेको छैन, २०७४ सालमा सम्पन्न खेलकुद सप्ताहको पुरस्कार वितरण गरेको छैन ।’

उनिहरुले विद्यार्थी संगठनका पदाधिकारीले एसिया, यूरोप र अमेरिकाका विभिन्न विश्वविद्यालयहरुमा ‘एमओयू’ सम्झौता अनुरुप विद्यार्थी अध्ययन भ्रमणको लागि छुट्याइएको कोटामा पदाधिकारी र प्राध्यापकहरु पठाइएकोप्रति घोर आपत्ति प्रकट समेत गरेका छन् । साथै विद्यार्थीको लागि छुट्याइएको कोटामा गुण क्षमताको आधारमा विद्यार्थीलाई नै पठाइनुपर्ने उनीहरुको माग छ ।

यस्तै उत्तरपुस्तिकामा व्यापक अनियमितता गरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको र परीक्षामा व्यापक पक्षपात भएकोले तत्काल यस्ता क्रियाकलापहरु अन्त्य हुनुपर्ने उनीहरुको मागे छ । सबै संकायमा व्यवस्थित कम्प्यूटर ल्याव, विषयगत ल्याव, नियमित पठनपाठन, आवश्यक कक्षाकोठा र आधारभूत फर्निचरको तत्काल व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् ।
यस्तै तत्काल स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको मिति घोषणा गरिनुपर्नेे माग छ । उनिहरुले राखेका मागहरु एक हप्ताभित्र पूरा नभए थप आन्दोलनका कार्यक्रमहरु अघि सार्ने बताएका छन् ।