२०७७ कार्तिक १५, शनिबार

सुर्खेतमा बहुक्षेत्रीय पोषण परियोजना लागू हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बहुक्षेत्रीय पोषण परियोजना लागू हुने भएको छ । १८ महिने उक्त परियोजनाले जिल्लाका २ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने सुर्खेतका परियोजना प्रमुख शैलेन्द्र विष्टले जानकारी दिए ।

विष्टका अनुसार कर्णालीमा १५ देखी ४५ वर्षका महिलामा ५१ प्रतिशतलाई रक्तअल्पता हुने गरेको छ भने ५५ प्रतिशत बालबालिका पुड्कोपनाबाट पीडित भएका छन् । कर्णालीको पोषण बढाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ ।