२०७७ कार्तिक ९, आईतवार

अनेरास्ववियुद्वारा एमयुको सिनेट बहिस्कार

सुर्खेत । कर्णाली प्रदेशको एकमात्र मध्यपश्चिम विश्वविद्यालय (एमयु) को काठमान्डौंमा बस्न लागेको सिनेटलाई विद्यार्थीले विरोध जनाउदै सिनेट बहिष्कार गर्ने जनाएकार गर्ने जनाएका छन् । सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूले विज्ञप्ती जारी गर्दै विश्वविद्यालयको सिनेट काडमाडौंमा बस्न लागेकोमा बहिस्कार गर्ने जनाएको हो ।

विज्ञप्तीमा विश्वविद्यालयको प्राज्ञिक मुल्य मान्यता भन्दा बाहिर रही सिनेटको बैठक काडमाडौंमा गर्नु कर्णालाबासिको मर्मविपरित भएको बताइएको छ ।

नेकपाका पूर्व एमाले र  पूर्व माओवादी केन्द्र निकट  केन्द्रीय सदस्य तथा जिल्ला  इन्चार्जहरु घनश्याम पुन र महेश जिसी र मध्यपश्चिम विश्वविद्यालय कमिटिका संयोजकहरु लालबहादुर ओली र निकुञ्ज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा काठमान्डौंमा हुने सिनेट संगठनका लागि अस्विकार रहेको बताइएको छ ।

विश्वविद्यालयको नवौं बार्षिक उत्सवमा विश्वविद्यालयको मान मर्यादा ख्याल नगरी काडमाडौंका निजि कलेजको विज्ञापन गरेको पनि विज्ञप्तिमा स्मरण गरिएको छ
कर्णालि प्रदेशका गरिब जनताका छोराछोरी अध्ययन गर्ने पवित्र शिक्षालय, विश्वविद्यालयमा आफ्ना नजिकका नातेदारलाई जागीर खुवाउने भर्ती केन्द्र, भ्रष्टाचारको केन्द्र, र शैक्षिक दलालरो नांगो नाच देखिएको आरोप समेत विज्ञप्तीमा लगाईएको छ ।