२०७७ कार्तिक ११, मंगलवार

एस ओ एस उतकृष्ठ

सुर्खेत।
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले ११ कक्षाका विद्यार्थीलाई भव्य स्वागत गरेको छ ।  आइतवार विशेष कार्यक्रमका वीच विद्यायले नयाँ विद्यार्थीलाई स्वागत गरेको हो ।


एसओएस वालग्रामका निर्देशक मुकुन्द्रकुमार गिरी, विद्यालयका प्राचार्य जगदिश ढकाल र सहायक प्राचार्य हरिहर बस्नेतले नयाँ विद्यार्थीलाई खादा, टिका र फुलको गुच्चा दिएर स्वागत गरेका थिए ।
११ कक्षामा व्यवस्थापन विषय संचालन गरिरहेको हर्मन माइनर विद्यालय सुर्खेत देशकै उत्कृष्ट विद्यालय पनि हो ।  हिमालखबर पत्रिकाले गरेको देशव्यापी सर्वेक्षणमा यो विद्यालय उत्कृष्ट ३२ मा परेको थियो ।


विभिन्न बोर्ड परीक्षाको नतिजा, सिर्जनशीलता, व्यावहारिक ज्ञान, विद्यालयको भौतिक पूर्वाधार , शिक्षक तथा सञ्चालकहरुको पृष्ठभूमि शिक्षण विधि आदि हेरेर उत्कृष्ट विद्यालय छनौट गरिएको थियो ।
देशभरीका ११ र १२ को पढाइ हुने ३ हजार ५ सय ८५ विद्यालयमा राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षालाई आधार बनाएर उत्कृष्ट विद्यालय छनोट गरिएको हो ।


कार्यक्रममा एसओएस बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले स्थापना काल देखिनै हर्मन माइनर विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिदै आएको बताए ।


नयाँ प्राचार्यको आगमनसगै अहिले विद्यालयमा धेरै परिवर्तनका संकेतहरु देखिएको उल्लेख गदै उनले विद्यालयले चाडौ नयाँ उडान भर्ने विश्वास व्यक्त गरे ।


एसओएस बालग्रामको चर्चा गदै निर्देशक गिरीले अहिले ५ सय भन्दा बढी विद्यार्थीलाई पढनको लागि एसओएसले सहयोग गरिरहेको बताए ।


विद्यालयका प्राचार्य जगदिश ढकालले हर्ममन माइनर विद्यालयलाई नयाँ उचाई दिने प्रयास भैइरहेको बताए । उनले विद्यार्थीलाई हर्मन माइनर विद्यालयले दिने शिक्षालाई जीवन बदल्ने आधार बनाउन सुझाव समेत दिए ।


विद्यालयलाई राम्रो बनाउन शिक्षक, विद्यार्र्थी र अभिभावको संयुक्त पहल आवश्यक रहेको उल्लेख गदै प्राचार्य ढकालले भने, विद्यालय सुधारको लागि सवैको सहयोग र साथ उत्तिकै आवश्यक छ ।


विद्यालयका सहायक प्राचार्य हरिहर बस्नेत, एसओएस सामाजिक केन्द्रका प्रमुख श्याम क्षेत्रीलगायत विद्यालयका शिक्षक, अभिभावक सहभागी स्वागत कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, कविताजस्ता कला समेत प्रस्ततु गरेका थिए ।