२०७७ कार्तिक १५, शनिबार

प्रदेश राजधानिकै वडा कार्यालय भाडामा : दुई वर्षमा एउटा वडाको मात्रै आफ्नै भवन बन्यो

सुर्खेत । कर्णाली प्रदेशको राजधानिसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाका ६ वटा वडा कार्यालयहरु अझैँ भाडाकै भवनमा चलिरहेका छन् । जसमार्फत वार्षिक १२ लाखभन्दा बढी रकम वडा कार्यालय भवनको भाडा खर्च हुने गरेको पाइएको हो ।

भाडामा संचालन भइरहेको वीनपा ६ को वडा कार्यालय

जम्मा १६ वटा वडा रहेको नगरपालिकाका वडा नं २, ४, १०, १३, १४, १५ र १६ नं गरि ७ वटा वडाहरुमा पुरानै संरचनामा निर्माण भएका भवनमा वडा कार्यालय संचालन भइरहेका छन् । वडा नं १ को भवन ज्योति पुस्तकालयको नाममा रहेको जग्गामा छ । भने वडा नं ७ नगर विकास समितिको भवनमा रहेको अहिले आफ्नै भवन निर्माणाधिन रहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको पुनसंरचना भइसकेपछी एउटामात्र वडाको कार्यालय बनेर त्यसमै कार्यसंचालन भइरहेको छ । त्यो हो वडा नं ८ । बाँकि केहि वडाहरुले पुरानाे भवन पनि अपाएक भएको भन्दै प्रयोग नगरी सामुदायिक अध्ययन केन्द्रलाई दिएर वडा कार्यलय भाडामा चलाएका छन् । त्यसमध्येको एक पर्छ वडा नं १२ ।
वीरेन्द्रनगर नगरपालिकाका जम्मा १६ वटा वडामध्ये ६ वटा वडा कार्यालय भवन बिहिन छन् । अर्थात भाडामा चलिरहेका छन् । अर्थात स्थानिय तहको निर्वाचन भएको २ वर्षभन्दा बढी भइसक्दा पनि वीरेन्द्रनगरका भवनबिहिन ८ वटा वडामध्ये एउटा वडाको मात्र कार्यालय भवन बनेको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानिय तहलाई संघले कार्यालय भवन बनाउँन अनुदान दिन सक्छ तर वडा कार्यालयले पाउँदैनन् । यहाँका वडा अध्यक्षहरु प्रदेशले अनुदान दिनुपर्ने बताउँछन । वीरेन्द्रनगर नगरपालिकाका वडा नं ३ का अक्ष्यक्ष भुपेन्द्र खत्रीले बजेट थोरै भएको र विकासमा खर्च गर्नुपर्दा भाडामा कार्यालय भवन राख्नुपरेको बताउँछन् ।

वडा नं ६ का अध्यक्ष मोतिप्रसाद कंडेलले प्रदेशको अनुदान कुरेको संकेत गरे । उनले भने “बजेट कम हुन्छ हाम्रो वडास्थित उप्किएका सबै ठाउँको बाटो त टाल्न सकेका छैनौँ, नगरपालिकाकाले पनि भवनको लागि अनुदान दिएको छैन।” प्रदेशको राजधानिमा जग्गा पनि महंगो हुनु एउटा चुनौती भएको उनिहरुको भनाई छ ।

वडा नं ३ को कार्यालय आगामि एक वर्षभित्र बनिसक्ने वडा अध्यक्ष खत्रीले बताए । “भवनको लागि ७० लाख विनियोजन गरेका छौँ ।” उनले भने एक वर्षभित्रै भवन बन्छ । त्यस्तै वडा नं ७ र १० को पनि कार्यालय भवन निर्माणाधिन रहेको छ ।
यसरी वडा राजधानिस्थित नगरपालिकाका ६ वटा वडा कार्यालयले वार्षिक १ लाखदेखि ३ लाखसम्म तिर्छन । अझैँपनि चारवटा वडाहरुले अझैँ भवन निर्माणको लागि बजेट छुट्याएका छैनन् । तिमध्ये वडा नं ५, वडा नं ६, वडा नं ११ र वडा नं १२ पर्छन् ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदिले वजेट अभाव भएको र जग्गाको महंगो भएकोले ढिला भएको पीँच वर्षभित्र सबै वडा कार्यालयहरु आफ्नै भवनमा संचालन हुने बताए ।