२०७७ कार्तिक ११, मंगलवार

बाढी प्रभावित क्षेत्रको दुई मन्त्रीद्वारा अनुगमन (फोटोफिचर )

सुर्खेत । सुर्खेत उपत्यका वीरेन्द्रनगरको तल्लो तटिय क्षेत्र वडा नं ९ र १० लगाएतका स्थानमा आज राती परेको अविरल वर्षाले डुवानमा परेको क्षेत्रको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री बिमला केसी ले अवलोकन गरेका छन् ।

मंगलवार साँझदेखी परेको अविरल वर्षाका कारणले वीरेन्द्रनगर वडा नं ९ र १० का ७ वटा घर डुबाएको थियो । मध्यारातमा ३० जनालाई प्रहरीले उद्धार गरेको थियो । कुनै मानवीय क्षती भने भएको छैन ।

वर्षा रोकिएका कारण प्रभावित क्षेत्रमा पानिको वाहब घटेको छ ।