२०७७ माघ १२, सोमबार

नेता लालबाबु पण्डित मन पर्छ किनकी उहाँ व्यावहारिक हुनुहुन्छ – भद्र नकाल

13439089_1737827719819472_4249896831552291911_n के छ खबर ?
हजुर, सञ्चै छु, बा“च्ने काम भईरहेको छ ।

 हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

म जहिलेदेखि लेख्न–पढ्न जान्न थाले“, त्यतिखेरदेखि कापी, कलम र गाजाबाजाको साथी छु, अहिले पनि उनीहरुकै सहकार्यतामा व्यस्त छु ।

 जिन्दगी कस्तो चल्दै छ ?

 जिन्दगी चाहेजस्तो त कस्को चल्छ र ? तर चलाउनैपर्छ जसरी पनि । मेरो पनि चलाएकै छु, यस्तै हो सुख–दुःखमा चलेको छ ।

 कत्तिको आयो कलेज पढ्दा लभलेटर ?

 म शारीरिकरुपमा अपाड्डताको कारण कलेजतिर धाउन पाएन । घरैबाट प्लस टु गर“े । घरमा पत्र आएनन्, फोन आउ“थे अलि–अलि ।

 मागी विवाह भयो कि भागी विवाह ?

प्रेम विवाह भयो । माग्न पनि परेन, भाग्न पनि परेन ।

 आमा र प्रेमिकामध्ये एक जनालाई रोज्दा…

आमाको तुलनामा प्रेमिका राख्न मिल्दैन किनकी आमाभन्दा ठूलो अरु केही छैन ।

 तपाई हि“ड्दै गर्दा बाटोमा पा“च के.जी. सुन भेटाउनु भयो भने के गर्नुहुन्छ नि ?

म खुट्टाले धेरै टाढा हि“ड्न सक्दिन र त्यस्तो कल्पनै गरिन । यति सुन पाए पनि खुसी हु“दिन किनकी हराउने पीडित भएको हुन्छ, त्यै भएर कस्को हो भनी खबर गर्छु ।

 राज्यले तपाईलाई सञ्चारमन्त्री बनाईदियो भने तपाईको पहिलो प्राथमिकता के हुन्छ ?

 म सञ्चारमन्त्री बने भने पहिलो चरणमा पार्टीं संठठनयुक्त पत्रकारीतालाई पत्तासाप गरिदिन्छु र प्रत्येक जिल्लामा १ सरकारी रेडियो र १ टिभी च्यानल स्थापना गर्छु ।

 साक्षात् भगवान् तपाईको अगाडि प्रकट भएर कुनै दुई चिज माग भने के माग्नु हुन्छ ?

 म भगवानको त्यति विश्वास त मान्दिन, यदि कतै त्यस्तो अवसर मिल्यो भने मेरो जिन्दगी र दुनिया“को लागि खुसी माग्छु ।

 मनपर्ने खाना… !

 दाल, रोटी, साग मन पर्छ ।

 मनपर्ने कपडा…

 कालो पैन्ट, सर्ट मन पर्छ ।

 मनपर्ने ठाउ“… 

धेरै ठाउ“ डुलेको छैन, त्यसैले आफ्नै गाउ“घर मन पर्छ ।

 मनपर्ने गीत…

मन पर्ने गीत लोक र आधुनिक ।

 डान्सबारमा जानु भा’छ ?

शारीरीक अपाड्डताले यी सबै कुरामा बन्देज पारेको छ । आजसम्म गएको छैन ।

मनपर्ने व्यक्ति…

नेता लालबाबु पण्डित मन पर्छ किनकी व्यवहारिक मान्छे हुन् उनी ।

 सेक्सप्रति तपाईको धारणा के छ ?

सेक्स आवश्यकता हो, अराजकता र प्रचार गर्नु गलत छ ।

  नेपालमा सेक्स स्वतन्त्रता हुनुपर्छ भन्ने पक्ष कि विपक्षमा ?

कुनै पनि समाजमा सेक्स स्वतन्त्र हुनुहु“दैन, यसले अराजकता निम्त्याउ“छ ।

 जिन्दगीमा सबैभन्दा मजा के गर्दा आउ“छ ?

अर्कालाई सहयोग र खुसी दिलाउन पाउ“दा मजा आउ“छ ।

 जिन्दगीमा भुल्नै नसकेको खुसीको क्षणलाई सम्झि“दा…

धेरै छन् त्यस्ता क्षणहरु । आत्मकथाको तयारीमा छु, सबै त्यसमा उल्लेख गर्नेछु । अहिलेको छोटो जवाफमा लेखिसकिंदैन ।

 कहिलेकाही“ यो कलाकारितातिर किन लागेछु जस्तो लाग्दैन ?

कुनै पनि क्षेत्र सरकारस“ग सम्बन्धित हुन नै पर्छ, नेपालको कला क्षेत्र र सरकारको सम्बन्ध छैन । जो सरकारले नै सम्बन्ध राखेको छैन र त कलाकार भोक–भोकै काम गरिरहेका छन् । कतिबेला भन्दा पनि जतिबेला नि झ्याउ लाग्छ मलाई त ।

 मरेर भुत भएपछि कस्लाई तर्साउनु हुन्छ ?

त्यस्तोसम्म हुन्छ होला जस्तो त लाग्दैन । यदी भए“ भने भ्रष्टाचारी, अत्याचारी, बलात्कारी, लुटेरा, ठगी गर्ने र हत्याराहरुलाई तर्साउ“छु ।

                              कलाकार तथा साहित्यकार
                                        भद्र नकाल