२०७७ कार्तिक ८, शनिबार

बागेश्वरी असल शासन क्लबको कार्यसमिति चयन

सुर्खेत ।
बागेश्वरी असल शासन क्लब (बास) सुर्खेत शाखाको नयाँ कार्यसमिति शुक्रबार वीरेन्द्रनगरमा बसेको शाखाको भेलाले तयन गरेको छ । भेलाले चाँदनी कठायतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा जगतदल जनाला विक, सचिवमा मुना हमाल रहेका छन् । उक्त भेलाले सह–सचिवमा बसन्त भण्डारी, कोषाध्यक्षमा रमा के.सीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा कृष्ण आचार्य, धिरेन भण्डारी, मनकला भण्डारी, पुष्पराज पंगाली, युवराज अधिकारी र भिम बहादुर परियार रहेका छन् ।
भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, बास सुर्खेत शाखाका संस्थापक अध्यक्ष त्रिभुवन बिसी, बासका पूर्व अध्यक्ष दिपक बुढा, पूर्व अध्यक्ष विनोद लम्साल र नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष माया थापा रहेका छन् । भेलामा बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्ट लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो ।

शुसासन र जवाफदेहिताका क्षेत्रमा क्लवले महत्वपुर्ण भुमीका निर्वाहगरी अगाढी बढे कर्णालीमा शुसासनको क्षेत्रमा कासेढुङ्गा सावित हुने पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले बताए । क्लवले ल्याएका योजनाहरुलाई पुर्णरुपले साथ र सहयोग गर्ने बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रतिवद्धता गरे ।