२०७७ कार्तिक ११, मंगलवार

प्रचण्डको ‘हेग’ अभिव्यक्ति गैर जिम्मेवार ठहर

सुर्खेत । अन्तराष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल नेपालले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अन्तराष्ट्रिय अदालत (हेग) लगे आफू झन् हिरो बन्छु भन्ने अभिव्यक्ति दिनु गैर जिम्मेवारीपन् भएको बताएको छ। शनिवार सुर्खेतमा एक कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल नेपालरा केन्द्रिय महासचिव कर्ण कुँवरले यस्तो बताएका हुन् ।
गत सोमबार अध्यक्ष दहालले हेग लागे भने आफु झन् विश्वकै हिरो भएर निस्किने अभिव्यक्ति दिएका थिए।

लामो दन्द्धबाट ग्रस्त नेपाली जनताले यतिबेला विकास र संमृद्धि चाहेको बेला प्रचण्डलाई भने विश्व हिरो बन्ने दिवा सपना मनमा पलाउँनु दुर्भाग्य पुर्ण भएको महासचिव कुँवरको ठहर छ ।
उनले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनलाई सम्बोधन गर्ने सवालमा नेपाल सरकार अकर्मण्य देखिएको बताए । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिमा भएको ढिलाईले सरकार पीडितका मागमा गम्भीर नेखिएको महासविचव कुँवरको ठम्याई छ । “नेपालका दुई ठुला दल नेकपा र नोपाली काँग्रेसले मुलुकमा शान्ति र विकास नचाहेको जस्तो देखिएको छ ।” उनले भने ।

कार्यक्रम्मा बोल्दै उच्च अदालत बार एशोसियसन सुर्खेतका अध्यक्ष उत्तम शर्माले पछिल्लो समय लिङ्ग पहिचान गरि गर्वपतन गराउँनेको संख्या बढेको र मानब अधिकार कर्मीहरु गम्भीर हुनुपर्ने बताए ।
महिला मानबअधिकार रक्षक सञ्जाल कर्णालीका संयोजक पवित्रा शाहीले मानबअधिकारको उलङ्गघन नगरिकहरुबाटै हुने गरेको बताए । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतील केही दिन अगाडि नेपालको शान्ति प्रकृयामाथिनै एम्नेष्टिले विज्ञप्ती जारि गरेको भन्दै शान्ति प्रकृयालाई संस्थागत गरिहेको सरकार माथी प्रश्न गर्दा यस्ले राजनितीक अस्वस्थिरता निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

एम्नेष्टी इन्टरनेशनल नेपाल लयर्स समूह ६९, सुर्खेत को २६ औं साधारणसभामा
लयर्स समूह ६९, सुर्खेत संयोजक हरिलाल खड्का, भानुभक्त भारती, देबेन्द्र सेजुवाल, अनिल शाही, भरत पन्त र सदस्य लक्ष्मी गौतम लगाएतको सहभागीता रहेको थियो ।