२०७७ कार्तिक ५, बुधबार

संसदीय समिति नेतृत्वविहिन

सुर्खेत, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सहमति नजुटदा ‘मिनी संसद’ भनेर चिनिने कर्णाली प्रदेशसभाका संसदीय समिति नेतृत्वविहीन बनेका छन । नेकपाले संसदीय समितिको नेतृत्व चयन गर्न अझै सहमति जुटाउन सकेको छैन ।

पार्टीभित्रकै आन्तरिक विवादले समिति गठन भएको १६ महिनासम्म पनि नेतृत्व चयन हुन नसकेको हो । २०७४ चैत २६ गते बसेको क र्णाली प्रदेशसभाक ा े प हिला े अधिवेशनको १०औं बैठकबाट गठन गरिएका चारवटै विषयगत समितिका बैठक ज्येष्ठ सदस्यकै अध्यक्षतामा बस्दै आएका छन । समितिले पूर्णता नपा उँदा सत्तापक्षकै सांसदले समेत असन्तुष्टि जनाउँदै आएका छन । सामाजिक लेखा समिति अध्यक्षसमेत रहेका प्रमुख प्रतिपक्षी कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले ३ समितिमा सत्तापक्षकै सांसद बढी र हेको बताए ।

सत्तापक्षका सांसदको आन्तरिक कुरा नमिल्दा समितिले नेतृत्व पाउन नसकेको उनको टिप्पणी छ । ‘सार्वजनिक लेखा समिति प्रतिपक्षिकै हुन्छ,’ उनले भने, ‘हाम्रो समितिमा कुनै समस्या नै छैन ।’ नेकपाका सांसद सुशीलकुमार संसदीय समिति नेतृत्वविहिन थापाले डेढ वर्षसम्म पनि संसदीय समितिलाई पूर्णता दिन नसक्नु सरकार को ठूलो कमजोरी भएको बताए । ‘यो सरकारको कमजोरीभित्रको पनि ठूलो कमजोरी हो,’ उनले भने, ‘सरकारलाई मार्गनिर्देश गर्ने मुख्य विषयगत समिति नै यति लामो समयसम्म काम चलाऊ नेतृत्वको भर मा चल्नु दुर्भाग्य हो।’ उनले क्षमता र योग्यताका आधारमा तत्काल नेतृत्व चयन गर्न माग गरेका छन ।
‘समितिका ज्येष्ठ सदस्य पनि काममा त्यति उत्साही छैनन,’ थापाले भने, ‘समिति कतिबेला भंग हुने हो भन्ने ठेगानै छैन त्यसैले सरकारले समितिलाई वै धानिक बनाउन आवश्यक छ ।’ सामाजिक विकास समिति अध्यक्ष राजु नेपालीले तत्काल समितिको नेतृत्व चयनका विषयमा ठ्याक्कै जवाफ दिन सक्ने अवस्था नरहेको बताइन । उनले अहिलेसम्म नेतृत्व चयन नभए पनि काममा भने कुनै बाधा नआएको दाबी गरिन । नेकपा कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहले दलीय सहमतिमै संसदीय समितिको नेतृत्व चयन गरिने बताए ।