२०७७ कार्तिक १३, बिहीबार

उपकुलपति र रजिष्टारको कार्यकक्षमा लगाईएको ताला खुल्यो

सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्व विश्वविद्यालयका संयुक्त विद्यार्थी संगठन र स्ववियुको संयुक्त आयोजनमा लामो समय देखि हुँदै आएको आन्दोलन कार्यक्रम आज देखि स्थगित भएको छ । विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनहरु बिच आज वाता भई सहमति भएको छ । यो सगै विश्वविद्यालयको उपकुलपति र रजिष्टारको कार्यकक्षमा लगाईएको ताला पनि खुलेको छ। विद्यार्थिहरुले विभिन्न माग राख्दै केही दिनअगाडिदेखी विश्वविद्यालयको उपकुलपति र रजिष्टारको कार्यकक्षमा तालावल्दी गरेका थिए ।
विद्यार्थीहरुको मागहरु विश्वविद्यालय प्रशासनले दुई हप्ता भित्र पुरा गर्ने प्रतिबद्धता जनएकोले गर्दा विद्यार्थी संगठन हरुले आन्दोलनको सम्पुर्ण कार्यक्रमहरु फिर्ता गरेका छन ।