२०७७ कार्तिक ९, आईतवार

कर्णालीको हेलो किसान कार्यक्रमः ६ महिनामा ४ गुनासा

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हेलो किसान सरकार टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको भदौ ६ गते आधा वर्ष पुग्दैछ ।
आधा वर्षको अवधिमा जम्मा ४ वटा मात्रै गुनासा आएका छन् । सरकार सञ्चालन भएको एक वर्षको अवसरमा २०७५ फागुन ६ गते मन्त्री विमला केसीले दैलेख डुङ्गेश्वर गाउँपालिका वडा नम्बर २ का पूर्णबहादुर थापा र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका मुरारीजङ्ग किसानका समस्याहरु लिएर उक्त सेवा सञ्चालनमा ल्याएकी थिइन् ।

उनीहरुले मन्त्रीलाई फोनमार्फत् आफ्नो समस्याहरु बताएका थिए भने मन्त्री केसीले ति समस्याहरुको समाधान गर्ने आश्वासन दिएकी थिइन् । कार्यक्रम सुरु गरेको ६ महिना कर्णालीको हेलो किसान कार्यक्रमः ६ महिनामा ४ गुनासा पुग्न लाग्दा पनि ६ वटा जति पनि उजुरी नआएको पाइएको छ । कार्यक्रम नै कोमामा गएको अवस्था छ ।

६ महिनामा कति जनाले कस्तो समस्या ल्याए र समाधानको अवस्था के छ भन्नेबारे मन्त्रालयका कर्मचारी बताउनै सक्दैनन् । सानो कोठा अनि बिग्रेको थोत्रो कम्प्यूटर र एक थान टेलिफोन राखेर सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम अहिले लावारिस अवस्थामा पुगेको छ । यसतर्फ मन्त्रालयका कर्मचारीको ध्यान पुग्न सकेको छैन ।

उक्त कार्यकक्षमा अहिले नायब सुब्बा (सहायक स्तर पाँचौं) पद्मा अधिकारी बस्छिन् । उनलाई हेलो किसान सरकार कार्यक्रमका बारेमा केही पनि जानकारी नै छैन । उनको काम दर्ता र चलानी गर्ने मात्रै हो । ‘‘म केही महिना अघि मात्र यहाँ आएकी हुँ ।’’ उनी भन्छिन्, ‘‘अहिलेसम्म एक पनि टेलिफोनबाट समस्या आएको मलाई थाहा छैन ।’’

पशुपंक्षी विकास शाखाका पशु चिकित्सक दिपक भण्डा रीले अहिलेसम्म भेटेनरी सेवाबारे दुई वटा प्राविधिक समस्या मात्रै आएको आफूहरुले सल्लाह दिई समाधान गरेको बताए । ‘‘सल्यानदेखि कुखुरामा रोग लागेको र राहत विनियोजन नभएको गुनासो आएको थियो ।’’ उनले भने, ‘‘मन्त्रालयमा राहतको कार्यक्रम नभएको तथा कुखुरामा लागेको रोगको निदानबारे सल्लाह दिएका थियौँ । यो बाहेक अन्य गुनासा तथा उजुरी आएको मलाई याद छैन ।’’ किसानका समस्या समाधान गर्ने र उनीहरुको राय सुझावअनुरुप अघि बढी कृषिमा आत्मनिर्भर प्रदेश बनाउने भन्दै मन्त्रालयले टोल फ्री नम्बर सार्वजनिक गरेको थियो । पैसा नलाग्ने नम्बर १६६०८३५२०१२ सार्वजनिक गर्दै मन्त्री केसीले मन्त्रालयका सबै गुनासा सम्बोधन गर्ने बताएकी थिइन् । ‘‘हामी जनताका गुनासा सुन्न भनेर यो कार्यक्रम ल्याएका हौँ ।’’ मन्त्री केसीले भनेकी थिइन्, ‘‘जनताका समस्या समाधान गरेर हामी सम्बृद्धितर्फ उन्मुख हुनेछौँ ।’’ तर कर्मचारीको लापवाहीका कारण उक्त कार्यक्रम कोमामै पुगेको छ ।

‘‘टोल फ्रि नम्बरको प्रचार–प्रसार गर्ने, विज्ञा पन गर्न े क ाम भएन ।’’
मन्त्रालयका एक कर्मचारीले भने, ‘‘जसलाई मन्त्रीले जिम्मा दिनुभएको थियो, उहाँले पुरै बेवास्ता गर्नुभो ।’’ उनका अनुसार मन्त्रीले आफूहरुकै सामुन्ने बारम्बार निर्देशन दिएको ती कर्मचारीको दावी छ । मन्त्रालयका उपसचिव हरि पण्डितले हेलो किसान कार्यक्रम दशैंभन्दा पहिले नै व्यवस्थित गरिसक्ने दाबी गरे । ‘‘कर्मचारी नहुँदा हामीलाई समस्या भएको थियो ।
अहिले नयाँ कर्मचारी आउने र कोही आइसकेका छन् ।’’ उनले भने, ‘‘हामीले प्रभावकारीरुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको साँचो हो ।’’ अहिले सबैको हातमा मोबाइल हुने र सोझै सूचना अधिकारी, सचिव वा मन्त्रीलाई गुनासा पोख्ने चलन बढेका कारण पनि कम गुनासा आएको हुन सक्ने उनको भनाइ छ ।