२०७७ कार्तिक ९, आईतवार

कर्णालीको ‘च्याउ, झ्याउ र स्याउ’ले देशको मुहारै बदल्छः अध्यक्ष तिमिल्सेना

अब पश्चिममा पनि एकैसाथ सूर्य उदाउछ

सुर्खेत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कर्णालीको ‘च्याउ, झ्याउ र स्याउ’ले कर्णालीको मात्रै नभई देशकै मुहार फेर्न सक्ने बताएका छन् । कर्णाली प्रदेश सभाको चौंथो अधिवेशनको २३ औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सेनाले अब कर्णाली यहीँका उत्पादनको प्रयोग गरेर सम्बृद्ध बन्ने बताए ।

‘‘यहाँहरुसँग पर्याप्त सम्भावनाहरु छन् ।’’ उनले भने, ‘‘ति सम्भावनालाई कसरी वास्तविकताति र रुपान्तर ण गर्न सकिन्छ, प्रदेश सरकारले योजना बनाई कार्यान्वयन गरोस् ।’’

अध्यक्ष तिमिल्सेनाले सूर्य पनि अस्ताउन पश्चिम आइपुग्ने आहान फेरिदै गएको बताए । ‘‘कर्णाली प्रदेशमा निर्मित विश्वविद्यालय, अस्पताल, सञ्चार र सडकको कनेक्टिभिटीलाई लोकतन्त्रको उपहारको रुपमा लिनुपर्ने हुन्छ ।’’

उनले भन े, ‘‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत–जुम्ला करिडोर, भेरी करिडोर, टेलिफोन र इन्टरनेट सञ्जालको विस्तार र गाउँ बस्तीमा खुलेका अस्पताल यसैका उदाहरण हुन् ।’’ कर्णालीमा पर्याप्त मात्रामा बिजुली उत्पादन गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ । ‘‘भेरी, कर्णाली र तिला नदीबाट मात्रै विद्युत निर्माण गर्न कर्णालीको ‘च्याउ, झ्याउ र स्याउ’ले देशको मुहारै बदल्छः अध्यक्ष तिमिल्सेना सके कर्णालीको स्वरुप परिवर्तन हुन समय लाग्दैन’’, उनले भने, ‘‘पर्यटन र सेवा क्षेत्रले विद्युतीय माग बढ्ने भएकोले उत्पादित विद्युत कहाँ बेच्ने भन्ने चिन्ता लिनुपर्ने अवस्थासमेत छैन ।’’ कर्णालीको विकासका लागि यहाँको जडीबूटी कौडीको भाउमा निर्यात गर्नुको साटो यही प्रशोधन उद्योग खोल्न सरकारलाई सुझाए ।

सिंचाई, खानेपानी, माछापालन र पर्यटनलाई जरुरी परियोजनाको अभिन्न अङ्गको रुपमा लिएको खण्डमा विकासको प्रतिफल सोझै जनताको हातमा पर्ने उनको तर्क छ ।

वाह कर्णाली भन्ने दिन आउने

सुर्खेत–जुम्ला सडक स्तरोन्नति गर्ने, कोहलपुर–सुर्खेत ४ लेन सडक बनाउने, सुर्खेत–सिमीकोट हिल्सा सडक योजना बनाएको खण्डमा धेरैले वाह कर्णाली भन्ने दिन चाँडै आउने उनको भनाइ छ । उनले विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता जुटाएको खण्डमा कर्णालीको विकास सम्भव रहेको बताए । कर्णालीमा पर्यटनको सम्भावना अथाह भएको उनको भनाइ छ । ‘‘पर्यटनको सम्भावना अत्यन्तै धेरै छ भनेर हामी भन्छौँ ।’’ उनले भने, ‘‘तर त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार बनाउन सरकारले जोड दिनुपर्छ ।’’ उनले कर्णालीका जनतालाई कालापहाड जानबाट रोक्ने गरी स्पष्ट योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कर्णालीका सडकलाई सुरक्षित बनाउनेतिर ध्यान दिन उनको आग्रह छ । पहाड भत्काउने होइन, छेडनुस् अध्यक्ष तिमिल्सेनाले अहिले गाउँ– गाउँमा सडक बनाउने नाउँमा पहाड भत्काइएको बताए ।

पहाड भत्काएर सडक बनाउनेभन्दा डाँडा छेडेर सडक निर्माण गर्नुपर्ने अध्यक्ष तिमिल्सेनाको सुझाव छ । ‘‘कर्णालीको सडक यातायातलाई भरपर्दो बनाउने भन्ने जिम्मेवारी प्रदेश सरकारकै हो ।’’ उनले भने, ‘‘त्यसका लागि सरकारले अविलम्ब कदम चाल्नुपर्छ ।’’ प्रदेश सरकारले आफ्नो संवैधानिक अधिकारको कार्य गरिरहँदा प्रदेश सभाले सा ेक ो लेखाजोखा गर्न आवश्यक रहेको बताए । सरकारलाई सचेत गराउन प्रदेश सभाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
प्रदेश सभाको बैठकमा सभामुख राजबह ादुर शाह ीले मुख्य मन्त्री कार्यालयबाट भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरी मुख्यमन्त्रीले नै सो मन्त्रालय सम्हालेको पत्र पढी प्रदेश सभालाई जानकारी गराएका थिए ।