२०७७ कार्तिक १०, सोमबार

भारतले ईपीजीको प्रतिवेदन बुझ्ने भट्टराईको विश्वास

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपीजीको प्रतिवेदन बुझ्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)का सदस्यसमेत रहेका भट्टराईले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।
‘‘हामीले २ वर्ष लगाएर राम्रो प्रतिवेदन तयार पारेका छौँ’’ मंगलबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले भने, ‘‘भारतबाट यो प्रतिवेदन बुझ्नेछ भन्ने हाम्रो विश्वास छ ।’’ प्रतिवेदन बुझ्दैनौं भनेर भारतीय पक्षले अहिलेसम्म नभनेको उनले बताए । भट्टराईले भने, ‘‘दुवै देशका प्रधानमन्त्रीले यो प्रतिवेदनलाई गम्भिर रुपमा लिनुभएको छ, यसमा फरक मत छैन ।’’