२०७७ कार्तिक ११, मंगलवार

बच्चा पढाईमा मन गर्दैन के गर्ने ?

अहिलेका बालबालिकाले धेरै सेवा सुविधा पाएका छन् । उनीहरुलाई पढ्नका लागि कुनै दुःख छैन । न टाढा धाउनुपर्छ, न पाठ्य सामग्रीको अभाव नै झेल्नुपर्छ । सबैकुरा आमाबुवाले व्यवस्थित गरिदिएका छन् । विद्यालय आउन, जान, पढ्नका लागि उनीहरुलाई कुनै समस्या छैन ।
यति हुँदाहुँदै पनि उनीहरु पढाईमा भन्दा अन्यत्र ध्यान दिइरहेका हुन्छन् । अक्सर बालबालिका मनोरञ्जनमा बढी लिप्त हुन थालेका छन् । त्यसम ाथि अहिले मोबाइलले उनीहरुको बानी बिगारेको छ । हरक्षण उनीहरुक ा े ध्यान मा ेबा इलमा हुन्छ ।
कति बेला विद्यालयबाट र्फकने र मोवाइल खेलाउने भन्ने ध्याउन्नमा हुन्छन् । क तिबेला होमवर्क सक्ने र मोवाइल खेलाउने भन्ने ध्यान्नमा हुन्छन् । मोवाइल, ट्याब, ल्यापटप, टेलिभिजन आदिमा उनीहरु धेरैजसो समय खर्च गरिरहेका छन् । त्यसमध्ये पनि मोबाइल प्रतिको आशक्ति अरु बढी देखिन्छ ।
उनीहरु मोबाइल पाएपछि दुनियाँ भुलेर त्यसमै लिप्त हुने गरेका छन् । उनीहरु मोवाइलमा भिडियो हेर्ने, गेम खेल्ने गर्छन् । मोवाइलको गेम एवं भिडियोको ह्याङओभरबाट बाहिर आउन उनीहरुलाई निकै समय लाग्छ ।

पढ्दा, खाँदा, होमवर्क गर्दा समेत उनीहरु मोवाइल गेमप्रति नै ध्यान दिइरहेका हुन्छन् । कतिपय बालबालिका त यस्ता छन्, जो मोबाइल बिना खाना खाँदैनन् । उनीहरुलाई मोबाइलमा भिडियो देखाइदिएपछि वा गीत सुनाइदिएपछि मात्र खाना खान थाल्छन् । यसरी पछिल्लो समय उपलब्ध उपकरणले अहिलेका बालबालिकाको पढाईमा बाधा पु¥याइरहेको छ ।
यसरी पढाईबाट बिथोलिदै गरेका बालबालिकालाई कसरी सही ठाउँमा ल्याउने त ? मोबाइल, टिभीको समय निश्चित गरौं बालब ालिक ाला ई मा ेब ाइल, टेलिभिजनबाट बञ्चित गर्दैमा पढाईमा सुधार हुन्छ भन्ने चाहि पक्कै होइन । अहिलेको युगमा यी प्रविधिबाट उनीहरुलाई अलग गर्न पनि सकिदैन । त्यसैले पढाईका साथसाथै बेलामौकामा उनीहरुलाई मोबाइल खेलाउन, टेलिभिजन हेर्न दिनुपर्छ ।
यद्यपि यसका लागि समय निर्धारण गर्न सकिन्छ । विद्यालयबाट फर्केपछिको केही समय उनीहरुलाई यी कुरामा छुट दिन सकिन्छ । यसले गर्दा उनीहरु फ्रेस पनि हुन्छन् । एकोहोरो पढाईमा केन्द्रित गरिरहँदा पनि उनीहरुलाई दिक्क ला ग्न सक्छ । बेलामौक ामा मनोरञ्जनको खाँचो हुन्छ । अतः उनीहरुलाई विद्यालयबाट फर्केको केही समय मोबाइल, टेलिभिजन आदिमा रमाउन दिन सकिन्छ ।
यद्यपि यसका लागि समय निश्चित गर्नुपर्छ । सुरुमा नै उनीहरुलाई कति समयका लागि खेल्न दिइएको भनेर जानकारी गराउनुपर्छ । पढाईंका लागि सही स्थान छनौट बालबालिकाहरु चञ्चल हुन्छन् ।
उनीहरुक ा े ध्यान आसपासक ा े वातावरणले पनि तानिरहेको हुन्छ । पढिरहेको बेला समेत उनीहरु आफ्नो वरीपरी भइरहेको गतिबिधिमा ध्यान दिइरहेका हुन्छन् । यसले गर्दा पढाईमा सम्पूर्ण ध्यान जाँदैन । अतः उनीहरुलाई यस्तो स्थानमा पढ्ने व्यस्था गरिदिनुपर्छ, जहाँ शान्त होस् । पढाईबाट ध्यान भड्कने कुनैपनि सामाग्री नहोस् । संभव भएसम्म बालबालिकालाई पढ्नका लागि छुटै कोठाको व्यवस्था गर्न सकिन्छ ।