२०७७ कार्तिक ६, बिहीबार

हरितालीका तीज छोटो चर्चा

मायाप्रसाद शर्मा(पारशमणी)

परम्पराकाल देखी भाद्र शुक्ल तृतियका दिनलाई महिलाहरुले तीजका रुपमा मनाउछन । हिन्दुधर्म मान्य महिलाहरुले स्वदिनमा उपवास बसेर भगवान शिवजीको आराधन गरी ब्रतबसी चिताएको सुन्दर श्रीमान पाउने र बिबाहित महिलाहरुले आफनो पतिको संमृंदि,प्रगती र दिर्धजीवनको कामना गर्दै देबीदेबताको दर्शन,भजन,किर्तन र परम्परागत लोक गायन(तिज गरी)नाचगान गने गरिन्छ । तर आजभोली तीज पर्बलाइ चर्काे बिकृंंतिकरण तीर जोरेर जबरजस्ती लिने गरिन्छ । यसबारे छोटो चर्चा गर्न सान्र्धंबिक होला ।

दर खाने

तीजभन्दा एकदिन अगाडि भाद्र शुक्ल तृतियाका दिन पर्बका रुपमा घरमा सबै परिवार महिला पृरुषहरुले आफनो गच्छे अनृसार स्वदिष्ट मिष्ठानहरु खाने चलन थियो । तर आज भोली एक महिना भन्दा अगाडि देखी आफनो गच्छे औकाध सामर्थ भन्दा कयैगुणा टाडा रहेर दरखाने नाउमा जम्मा हुन्छन । ठुलाठुला पार्टी प्यालेस,महगा होटेल रेष्टुरेण्टहरुमा जम्मा भएर दरका नाममा औकाध भन्दा बडि खर्च गर्दछन ।

धर्मकर्मका नाममा हृने यो असिमित खर्चका कारण गरीब निेमुखा परिवारका महिलाहरुलाइ आत्मा गलानी बनाएर निराशा,कृन्ठाको दिशातीर डोहर्याउदै लिएकोछ ।

गहना वा बस्त्र

हरेक मान्छेले आफनो गच्छे र क्षमतानुसारको बस्तुको उपयोग गर्न पाउनु राम्रो कुरा हो । तर हाम्रो देशको समाज दुई भागमा बिभक्त छ । एउटा खानाका लागि बाच्ने र अर्को बाच्नका लागि खानेहरको समाज छ । यो एक अर्कामा प्रभाव पार्ने ब्यक्तिहरु एउटा सगठन भएकाले आज पुजीपतिहरुको बोलवाला भएको समाज छ । त्यसैले पुजीपति बर्गको बढी प्रभाब पर्ने देखिन्छ । बिभिन्न शिर्षक उपशिर्षकहरु धन आर्जन गर्ने र मह¨ा मह¨ा गरगहनाहरु जम्मा गरी समाजका उत्पीडित र उपेक्षित समाजलाई बाच्न सम्म धौ–धौ पर्ने वाताबरण सिर्जना भाएकोछ ।

उठाउनै नसक्ने छट्के तिलहरी,घोडाका घौडा जस्तै बज्ने पाऊ जेब,कानका लोती तन्काउने सुनको डल्लो, हज्जारौ रुपैया पर्ने झिलिमीली सारी लगाउने गरेको पाईन्छ । कसैकसैले महिलाहरुले आफुलाई आधुनिक बनाउने नाममा आधा अग छोप्ने मात्र कपडा लगाएर सबै शरिर खुला राख्ने गरेको देखिन्छ । एउटै देशमा एकले अर्काको दुख सुख नबुझेको जस्तो देखिन्छ ।

सामन्य मान्छेहरु पनि धेरै दिनपछि एकदिन खाना नखानृ स्वास्थ्यकर हृन्छ । तीजको व्रर्त वस्नृको मृख्य उदेस्य अबिबाहित महिलाले मनले चिताएको शिवजस्तै पति पाउनु होला । विबाहित महिलाहरुले आफनो जीवन सुख र संमृद्धीको लागि होला । मृख्य कुरा परिवार मनेको महिला पृरुष दृबैको सहि उदेश्य लक्ष्य र मिलनवाट चल्ने कृरा हो । मेरो बिचारमा आफृले सोचेको महिला पाउन,मेरो श्रीमतीको सुख,संमृंदि र प्रगति होस भनेर पृरुष कहिल्यै व्रतवसेको देखेको छैन ।

बरु पृरुष घरमा श्रीमती हुदा हुदै तिजको मौका पारी परस्त्री सग लठ्ठिन पृगेको हृन्छ । कसैकसैको घरमा तिजकै समयमा सौता भित्रिएर पति पत्नीको बियोग हृने गरेको सुनिन्छ । यो पुरुष प्रधान समाजमा महिलाले मात्र एकलौटी पृरुषहरुको भलो चिताउने चलनछ । अर्काे तीर व्रत वसेर प्रायजसो महिलालाई के सिकाएको हृन्छ भने शिव जस्ता पति पाउ । आफनो घरमा भएका पतिलाई छोडेर शरिर भरि भष्मा (खरानी घस्ने)कैलाश पर्बतमा वस्ने गलामा सर्प झुण्डयाएका,हातमा खड्क(लौरा)े र अजगव(घनुष) संगीत र नृत्यमा आदी गृरुका रुपमा परिचीत तण्डव नृत्य मच्चाउने शिव जस्तै श्रीमान नेपालका सवै माहिलाहरुलाई किन चाहियो । शिवले कहिले गंगा कहिले चन्द्रमा त कहिले पार्वती नामकी महिलाहरुलाई साथमा लिन्थ्ये रे ।

आफैले जन्मा गराएकी गोवरबाट प्राप्त भनिएकी गोमालाई आफु नै गएर शिव शर्मा नामको ब्रामण बनेर बिबाह गरे भन्ने किम्बधन्तीछ । यि शिव जस्ता धेरै मान्छे भएपनि सबैलाई एउटै प्रकारको गुण भएको पुरुष किन चाहियो । यो कुरा बुझि नसक्नुछ । सबैले यसमा गहिरो अध्यायन गरौ ।

नाचगान तथा मनोरन्जन

पुरुषहरुकै अधिकारको बाहुल्लेता भएको हाम्रो समाजमा महिलाहरुले प्राप्त गरेको एकदिन हरितालिका तिजमा मनोरन्जन गर्न पाउनु अन्यथा होईन । कतिपय पुरषहरु त प्रत्येक दिन नाचिरहेका हुन्छन । होटेल वा रेष्टुरेन्ड,बाटो घाटो,घर,गाऊ,शहर,बजार सबैतीर । बिगतमा महिलाहरु बिशेष गरेर घरमा भएको अन्याय,अपमान,तिरष्कार,पक्षपात,आदी कुराहहरुलाई तीजको गीत मार्फत सासु,ससुरा,जेठाजु,देवर,आमाजु,नन्द,जेठानी,देवरानी र श्रीमान आदीका बिषयमा आलोचाना वा सुझाव दिने परम्पराका रुपमा प्रयोग गरिन्थ्यो ।

आज त्यो माया,प्रेम,बिबाह र यौनसग जोडेर गाऊने गरिन्छ । आफुले रचाना गरेर आफनो मुखबाट गाउनु भन्दा शहरमा रहेका दुईचार जना टाठाबठा महिला कलाकारहरुले लाखौ खर्च गरेर भिडियो निकाल्ने र मोवाईल,टिभी क्यासेट आदी द्धारा गाउन लगाउने र हेर्ने गरिन्छ । तीजको बस्तबिकता कुरुप्ता तीर तिब्रगतिमा दौडिरहेको देखिन्छ । नाच,गानहरु परिवारका सबै सदस्य एकैठाऊमा बसेर हेर्न लायक पनि हुदैनन ।

निचोड

नेपालको बर्तमान समाज छोरा वा छोरी भन्ने कुरा पहिले स्वास्थ्ये केन्द्रमा गएर चेक गराउने छोरी भए गर्वमा नै नष्ट गर्ने गरेको पुरुष प्रधान समाज हो । छोरा जन्मेको छैटौ दिनमा मन्मोत्सव गित गाएर छैटी मनाउछन । तर छोरीका लागि त्यो अधिकार हुदैन । यहा दुई थरी संसारछ । दुई थरी कानुन र प्रबृती छ । एकथरीले सधैभरी शासन गर्दछन । एर्काथरी सानो हुदा बावाको अधिन,युवा हुदा श्रीमानको अधिन र प्रोड वा बृद्धा भए आफनो छोराको अधिनमा रहनु पर्दछ । कहिलै मुक्त भएको महसुस हुदैन । जन्मिने बिक्तिकै पनि बिभेध हुन्छ ।

छोराहरुलाई घोडा,गाडि,गोरु,जहाज जस्ता खेलाउन दिईन्छ भने छोरीहरुलाई सिलाई,कटाई,चुलो,चौखो,कोठामा सजाउने फुल,गुच्चा,काखमा राखेर छोराछोरीको रुपका पुतली आदीको ब्यबस्थापन गरिन्छ । सधै पराधिनको पाठ सिकाउदै सजक रहन निर्देशित गरिन्छ । मनिसको भौतिक जीवनको अबस्थामा उसका सामाजीक सम्बन्धहरुमा र सामाजीक जीवनमा फेरबदल भएपछि उसको बिचार दृष्टिकोण र धारणहरु एकशब्दमा भन्ने हो भने चेतना फेरिन्छ । यो युगमा प्रभुत्व पुजीपति वर्गको रहेकाले उसले नै हरेक धर्म,सस्कृती,रहन,सहन र आनीबानीमा आफनो बर्चस्व कायम गहेको हुन्छ । हरेक उत्पीडित,उपेक्षित बर्ग समुदायमा रहेका महिला वा पुरुषहरुले समाजमा हुने हरेक कुराहरुलाई अनुसन्धान,अन्बेशन र खोजको बिषय बनाउनु उपयुक्त हुन्छ । सधै पुरानु समाजको गर्बमा नया समाजका तत्वहरुको सिर्जना भएकोहुन्छ ।

सामाजीक जीवनमा पुरानो स्थीतीको बिनाश सगसगै पुराना बिचारहरुको बिनाश पनि हुन्छ । ऐतिहासिक बिकाशको क्रममा राजनैतिक परिबर्तन सगै दार्शनिक,आर्थीक,नैतिक,र कानन सम्बन्धि बिषयहरु बदलिदै आएकाछन । तर यिनलाई बिकृत दिशातीर अर्थात उल्टो दिशाातीरु बहकिन दिनुहुदैन । बहुसंख्यक जनसमुदायहरुको पक्षमा यसले वकालत गरोस भन्नेमा अबश्य चुक्नु हुदैन यसै कुरामा ख्याल गर्दा कसो होला ।

 

शर्मा नेकपाका केन्द्रिय सदस्य हुन ।