२०७७ कार्तिक ३, सोमबार

लेकवेशीमा सेवाकेन्द्र स्थापना


सुर्खेत।
नागरिक बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लेकवेशी नगरपालिका–९ स्थित गंगटेमा सहकारीको सेवाकेन्द्र स्थापना गरिएको हो । सेवाकेन्द्रको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै लेकवेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले सहकारीहरुले लघुउद्यम कार्यक्रम सञ्चालन गर्ने तर पूर्णता नदिने प्रवृत्ति देखिएकाले यसको अन्त्य हुनुपर्ने बताए । उनले सहकारी संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रम समुदायका लागि महत्वपूर्ण हुने हुँदा स्थानीय तहको तर्फबाट पनि सक्दो सहयोग गरिरहेको बताए ।
संस्थाका अध्यक्ष सुदर्शन श्रेष्ठले भावी योजना कार्यान्वयन र चुनौती सामना गर्न संस्था प्रतिबद्ध रहेको बताए । आगामी एक बर्षभित्र संस्थाले एक हजार जना सदस्यलाई सेवा तथा व्यावसायिक तालिमको व्यवस्था गर्ने बताए ।