२०७७ कार्तिक ८, शनिबार

सुन्दर नेपालको २३औं साधारणसभाबाट ३ जना सम्मानित, सहकार्य विना समृद्धी असम्भव : सभामुख

सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले सरकारी, निजि, गैरसरकारी र सहकारी सबै क्षेत्रको सहकार्यविना समृद्धी असम्भव भएको बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा आयोजित सुन्दर नेपाल संस्थाको २३औं साधारणसभा लाई सम्बोधन गर्दै सभामुख शाहीले सिंगो राष्ट्रको विकासका लागि सबैको साथ, सहकार्य र समन्वय उत्तिकै महत्वपुर्ण रहेको बताएका हुन् ।

“हामी अहिले तिनवटा सरकार भएको अवस्थामा छौँ अर्थात हामी संघिय नेपालमा छौँ । हामी सवैको सपना भनेको विकास र समृद्धी हो, त्यसका लागी सबैले आ आफ्नो स्थानबाट लागि पर्नुपर्छ ।” सभामुख शाहीले भने, “सबै काम आफैले मात्र सम्पन्न गर्न सक्छु भन्नु केवल मुर्खता मात्र हो ।” उनले सबै जनताहरुमा विभिन्न क्षमता रहेको बताउँदै राज्य, निजि क्षेत्र, सहकारी र गैरसरकारी सबै क्षेत्रले उक्त क्षमतालाई सदुपयोग गर्नतर्फ ध्यान दिनु आवश्यक रहेको दावी गरे ।

कर्णाली प्रदेशको विकास र समृद्धीको लागि प्रदेश सरकार गैरसरकारी क्षेत्रसंग पनि सहकार्य गर्न तयार रहेको संकेत गर्दै सभामुख शाहीले कर्णालीमा सकरात्मक परिवर्तनको लागि गैरसरकारी क्षेत्रको ठुलो भुमिका रहेको उद्धघोष गरे । फरक प्रसंगमा उनले फोहोर व्यवस्थापनको लागि स्थानिय तहदेखी वडास्तरमा योजना बनाउनु जरुरी रहेको बताए । “फोहोर व्यवस्थापल, सुर्तिजन्य पदार्थ नियन्त्रण गर्नका लागि प्रदेश सरकारलाई भन्दा स्थानिय तहलाई सजिलो छ ।” उनले भने, “वीरेन्द्रनगरको फोहोर व्यवस्थापनका लागि हामिले काठमाण्डौंमा विज्ञसंग सुझाव लिएका थियौँ, फोहोर बाट आम्दानि गर्न पनि सकिन्छ भन्ने सुझाव आएको छ । हामि त्यो प्रविधि भित्राउन पनि सकरात्मक छौँ ।”

कार्यक्रममा बोल्दै पुर्वि सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले समृद्धीको सपना पुरा गर्न नेपाल सरकारले अबलमवन गरेको तिनखम्वे (सरकारी, निजि र सहकारी) नभई गैरसरकारी क्षेत्रलाई समेत समावेस गर्न जरुरी रहेको दावी गरे । सबैको सपना समृद्धी रहेको बताउँदै उनले अहिलेको परिस्थितिमा एकअर्कामा गालिगलौज र आरोप लगाउने काम मात्र धेरै भएकोले यसलाई रोकेर सबैमा सहकार्यको भावना निकाल्नु जरुरी रहेको बताए ।

द्रुव्यसन र फोहोर कर्णाली भयो, सुर्तिजन्य पदार्थ निषेध गरौँ

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं ६ हका अध्यक्ष मोतिप्रसाद कंडेलले प्रदेश राजधानी नै सुर्तिजन्य पदार्थको कुलतमा युवाहरु फसेको र प्रदेश राजधानि तिनकै प्लास्टिकले फोहोर बनेको बताउँदै यसको व्यवस्थापन जरुरी रहेको बताएका छन् । उनले आडैमा रहेको पू्रदेश सरकारले युवाहरुलाई सुर्तिजन्य पदार्थको कुलतमा लागेको देख्दा यसलाई रोक्न ध्यान नदिएको आरोप लगाए । सबै क्षेत्रमा वजेट हुन्छ तर फोहोर व्यवस्थापन र सुर्तिजन्य पदार्थ नियन्त्रणमा किन हुदैन ? उनले द प्रश्न गरे । जवाफमा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले भने, “वीरेन्द्रनगरको फोहोर व्यवस्थापनकाृ लामगि हामिले काठमाण्डौंमा विज्ञसंग सुझाव लिएका थियौँ, फोहोर बाट आम्दानि गर्न पनि सकिन्छ भन्ने सुझाव आएको छ । हामि त्यो प्रविधि भित्राउन पनि सकरात्मक छौँ ।”

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले गैरसरकारी संस्थाहरु सरकारको सहयोगी भएको बताए । जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बीसी ले नेपालमा गैरसरकारी संस्थाहरु जनयुद्धकै समयदेखी सरकार नपुगेको स्थानमा पुगेर जनताको मर्म बुझेको दावी गरे । उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कंडेलले सरकारले निजि क्षेत्रलाई ध्यानमा राख्न नसकेको बताउँदैँ नीजि क्षेत्रविना विकास असम्भव रहेको दावी गरे । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले राज्यलपे आफ्नो प्राथामिकतामा रहेर गैरसरकारी संस्थाहरुलाई काम गराउनुपर्ने बताए ।

३ जना कर्मचारी र एक उद्यमी सम्मानित


२३औं साधारणसभाको अवसर पारेर सु्न्दर नमेपाल संस्थाले एक महिला र एक पुरुष गरी २ जना कर्मचारी र एकजना सेवाग्राही मध्येबाट उद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कर्मचारी मध्येबवट पारस्परिक जवाफदेहीता परियोजनामा कार्यरत गगन खड्का र अनुकुलन परियोजनामा कार्यरत तुलसा एलजी रहेका छन् भने सेवाग्राही मध्येबाट भेरीगंगा नगरपालिकाकी उद्यमी महिला खिमसरा खड्का रहेका छन्।
सुन्दर नेपाल संस्था सुन्दर, आदर्श र सुसम्पन्न समाजको निर्माण गर्ने उद्धेश्यका साथ विसं २०५३ सालमा स्थापना भई हाल कर्णाली प्रदेशका सवै जिल्ला र काठमाण्डौमा समेत शाखा विस्तार गरेको छ । संस्थामा हाल ८९ जना कर्मचारी कार्यरत रहेका छन् । यसैविच संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा कुल ८ करोड ८३ लाख ४७ हजार ३ सय २६ रुपैयाँ अनुदान मध्ये विभिन्न परियोजनामा ८ करोड ८३ लाख ४५ हजार १ सय ५ खर्च गरेको जनाएको छ । भने आव २०७६÷०७७ का लागि कुल आय ८ करोड ८५ लाख ४९ हजार ७० अनुमान गरेको छ ।