२०७७ माघ ३, शनिबार

बक्तृत्वकलामा अधिकारी प्रथम

downloadसुर्खेत, भदौ ८ ।
सुर्खेत महिला जेसीजले आफ्नो जेसीज सप्ताह सुरु गरेको छ । सप्ताहाको चौथो दिन आयोजना गरेको बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा ईगरब्रिजका सृजना अधिकारि प्रथम भएकी छन ।

‘आजका यूवा, आजको नेतृत्व’ विषयमा मंगलवार भएको बक्तृत्वकला प्रतियोगितामा सुर्खेत होराईन एकेडिएमिका संगिता खड्का द्धितीय र सेडा बोडिङका मनोज योगी तृतीय भएका छन । उनीहरूलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको छ । यसैबीच, एक हप्ताको अवधिमा सुर्खेत महिला जेसीजले विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ । जसअनुसार आज (बुधवार) डान्स प्रतियोगिता हुने अध्यक्ष मल्लाहाले जानकारी दिइन ।

कार्यक्रममा सुर्खेत महिला जेसिजका संस्थापक महासचिव ज्यती पौडेल, र्ईग्ररब्रिज उच्च मा विका प्राचार्य कृष्ण भुषल (न्यौपाले), सुर्खेत महिजा जेसिज वर्ष २०१५ का अध्यक्ष सुश्मा गिरी (के.सी) लगाएतको उपस्थिती रहेको थियो । त्यस्तै वीरेन्द्र नगर जेसिज वर्ष २०१४ का अध्यक्ष उपेन्द्र सुबेदि, निर्मला पाठक र नारयण तिमिल्सेनाले निर्णायक भुमिका निर्वाहा गरेका थिए ।

कार्यक्रम सुर्खेत महिला जेसिज वर्ष २०१६ का अभ्यक्ष प्रतिमा मल्लाहको अध्यक्षतामा संम्पन्न भएको थियो ।