२०७७ कार्तिक ४, मंगलवार

पर्यटकिय स्थल काँक्रेविहारमा शिखर शैलीको मन्दिर

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरस्थित पुरातातिवक धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको क्षेत्र काँक्रेविहारमा रहेका भग्नावशेषबाट शिखर शैलीको मन्दिर निर्माणको काम सम्पन्न भएको छ ।

पुरातत्व विभागबाट उत्खनन् गरि पुनःनिर्माण कार्य थालिनी गरी शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर राखिए संग मन्दिर निमार्णको काम श्क्रवार सम्पन्न भएको हो । काँक्रेविहारमा नेपालको एकमात्र संरक्षित वनसमेत रहेको छ ।

गजुर राख्ने कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले ऐतिहासिक काँक्रेविहारको पुनःनिर्माण गर्ने काम सम्पन्न भएपछि यसको सुरक्षाका लागि वडा पालिका, प्रदेश सरकार तथा संघीय सरकार लाग्नुपर्ने बताउँदै अब काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नकालागि सरकारले पहल गर्नुपर्ने बताए ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले काँक्रेविहार प्रदेशको मात्र नभई देशको नै महत्वपूर्ण स्थल भएको बताउँदै काँक्रेविहारमा निर्माण भएको शिखर शैलीको मन्दिरको स्वरुपको निर्माण हुनुमा खुःसी व्यक्त गरे ।

उनले काँक्रेविहारको सौन्दर्यता, विविध पक्ष तथा यसलाई अध्ययन एव दर्शन केन्द्रका रुपमा विकास गर्नका लागि प्रदेश सरकार, संघीय सरकार, पर्यटन बोर्ड लगाएत सरोकारवाला निकायसंग स्थानीय सरकारका तर्फबाट प्रस्ताव पेश गरिसकेको जानकारी दिए ।
स्थानिय गणेश वलीले काँक्रेविहारको सौन्दर्यतालाई जोगाइ व्यवस्थापन, सुरक्षा लगाएत एवं बनाउन बाँकी रहेका कामलाई वडा पालिकालाई जिम्मा दिनुपर्ने बताए ।

त्यस्तै ध्रुवकुमार श्रेष्ठले जनताको संस्कृतविद, पुरतात्वविद लगाएतले यसको अझै सुक्ष्म अध्ययन गर्नुपर्ने बताए । उनले अब यसको सुरक्षाका लागि सशस्त्र प्रहरी वा सेनाको एक टुकडी राख्नुपर्ने बताए।


गुम्वा निर्माण समितिका अध्यक्षले नोर्बु गुरुङ्गले नेपालको ईतिहासमा २१ मिटरको अग्लो शिखर शैलीको मन्दिर निर्माण हुनु नै गौरव रहेको बताए । वीरेन्द्रनगर नगरपालिका ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले अथक मेहनतले आज काँक्रेविहार पुनः निर्माण सम्पन्न भएको बताए । उनले आफ्नो वडाको पहिचान नै काँक्रेविहार भएको दावी गरे ।