२०७७ कार्तिक ८, शनिबार

देउवाले भने, ‘विगतमा राणा, पञ्चायत र राजा फाल्यौं, अव कम्युनिस्टको पालो’

सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल वर्तमान नेपाल कम्न्यिुस्ट पार्टिको सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा महाधिवेशन प्रतिनिधिको लागि प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विगतमा हाफुहरुले राणा, पञ्चायत र राजा हटाएको स्मरण गराउँदै उनले अहिले लोकतन्त्र खतरामा परेकोले कम्युनिस्टहरुको फालिमाग्ने पालो आएको बताए । सभापति देउवाले कम्युनिस्ट सरकारले देशमा लोकतन्त्रलाई समाप्त पार्दै साम्यवादी व्यवस्था ल्याउने षड्यन्त्र गरेको आरोपसमेत लगाए ।

सरकारले लेख्ने अधिकार खोसिरहेको, प्रेस स्वतन्त्रता सम्बन्धी कडा विधेयक ल्याइरहेको आफुहरु आनदोलनमा होमिन कार्यकर्तालाई संकेत गरे । नेकपाको सरकार हुँदा भ्रष्टाचार बढेको, उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाइएको उनले आरोपलगाउादै उनले त्यस्तो कार्य नरोकेपछि आफुहरुले नेकपालाई हटाउने चेतावनी दिए ।

काम गर्न नदिने प्रचलन पार्टी्भित्र बढ्दै गएको समेत उनले बताए । पार्टीिभत्र एकता नभएका कारण चुनाव हारिएको बताए । नेकपा २ पार्टि मिलेर चुनाव जितेको स्मरण गराउँदै उनले आफुहरु एकै पार्टि २ पार्टी जस्ता भएकोले निर्वाचनमा पराजित भएको बताए । यस्तै नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधिले ओलीले सिंगापुरबाट सरकार चलाउन खोजिएको आरोप लगाए ।

“लोकतान्त्रिक प्रणाली सिध्याउने खेलमा सरकार लागिरहेको छ उनले भने, अब गाउँ जान र संगठन सुदृढ बनाउन कार्यकर्ताहरु लाग्नुपर्छ ।”

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपालाई सिध्याउन गुटगत राजनीतिको अन्त्य आवश्यक रहेको उनले बताए । अर्का महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्ट सरकार दिन प्रतिदिन गलत बाटोमा गइरहेको र त्यसलाई लगाम लगाउनुपर्नेमा जोड दिए ।