२०७७ कार्तिक ७, शुक्रबार

दोहोरो नागरिकताबारे छानबिन गर

जिल्ला प्रशासन कार्यालय, सुर्खेतबाट सिम्ता गाउँपालिका वडा नं. ७ साबिक काप्रीचौर वडा नं. १ निवासी लक्ष्मण बिसीले दुई वटा नागरिकता लिएको पाइएको छ । प्रहरीमा जागिर खानको लागि उनले सेटिङ मिलाएर उनले दोश्रो नागरिकता हरि विसीको नाउँमा उनले नागरिकता लिएका हुन ।

उनले २०६३ साल जेठ ८ गते लक्ष्मण विसीको नाउँमा ७७५८८ नम्बरको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका छन् । बुवा गर्वे बुढाको नाम उल्लेख गरिएको छ नागरिकतामा । सोही व्यक्तिले जिल्ला प्रशासन कार्यालय, सुर्खेतबाट हरि बिसीको नाउँमा २०७० पुस ११ गते अर्को नागरिकता लिए ।

उनको नाउँमा ६४०१–७०–०४१९३ नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालय, सुर्खेतले २०७० पुस ११ गते जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा रहेको अभिलेखमा लक्ष्मण बिसीको नाउँको नागरिकता भेटिएको छ भने सफ्टवेयरमा दुवै नामको नागरिकता भेटिएको छ ।
अब प्रश्न उठछ, उनले कुन माध्यमबाट कसरी दुई वटा नागरिकता लिन सफल भए ?

यसमा दोषी को छ ? यहाँ नागरिकता लिने भन्दा दिने व्यक्तिको छानविन हुन आवश्यक छ । नागरिकता लिनेले त गल्ती गरेकै हो तर दिने व्यक्तिले यस्तो गलत कामलाई कसरी प्रोत्साहन दिई कागजात प्रमाणित गरेको हो ? किन र के प्रयोजनका लागि नागरिकता दिन साक्षी बसालिएको हो ।
जिल्ला प्रशासन कार्यालय, सुर्खेतले छानविन गर्न आवश्यक छ । यो त एक प्रतिनिधिमूलक घटना मात्रै हो । सुर्खेतमा यस्ता अन्यत्र कतै भएका छन् की त्यसको खोजबिन हुनु अत्यन्तै आवश्यक छ । समयमै जिल्ला प्रशासन कार्यालय, सुर्खेतको ध्यान जाओस्