२०७७ कार्तिक १३, बिहीबार

सुरक्षा नै प्रमुख आधार हो सम्बृद्धिकोः मुख्यमन्त्री शाही

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक व्यक्तिको सुरक्षा नै सम्बृद्धिको पहिलो आधार भएको बताएका छन् ।
आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको बृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थीमैत्री भेला, २०७६ नामक कार्यक्रमलाई सम्बोधन गर्दै जबसम्म व्यक्ति सुरक्षित महसुस गर्दैन, तबसम्म उसले आफ्नो बुद्धि विवेक प्रयोग गर्न नसक्ने उनले बताए । ‘‘जबसम्म हरेक व्यक्ति सुरक्षित हुँदैन, तबसम्म उसले सिकेका कुराहरु कार्यान्वयन गर्न सक्दैन ।’’
उनले भने, ‘‘त्यस्तो भएको खण्डमा सम्बृद्धि हासिल गर्न सकिँदैन । त्यसैले कर्णाली प्रदेश सरकार सबैलाई प्राकृतिक विपत्तिबाट सुरक्षित बनाउन चाहन्छ । यसका लागि हामीले कानून बनाइसकेका छौँ । सबैसँग सहकार्य गर्दै कर्णालीलाई सुरक्षित बनाएर सम्बृद्धि ल्याउन चाहन्छौँ ।’’ मुख्यमन्त्री शाहीले सरकारले अब बन्ने सुरक्षा नै प्रमुख आधार हो सम्बृद्धिकोः मुख्यमन्त्री शाही सबै संरचना भूकम्परहित हुने बताए । ‘‘हामीले बनाइरहेका विद्यालय भवनहरु भूकम्परहित बनाइरहेका छौँ ।’’
उनले भने, ‘‘तर हिमाली जिल्लामा सिमेन्ट र सरिया पु¥याउन समस्या हुँदा भौगोलिक कठिनाइका कारण भूकम्परहित भवन बनाउन समस्या भएको छ ।’’ उनले नेपाली समाज सिद्धान्त बढी अध्ययन गर्ने तर व्यवहारिक प्रयोग नगर्नेतर्फ अग्रसर भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री दल रावलले नेपालमै सबैभन्दा भूकम्पको जोखिममा कर्णाली प्रदेश रहेको बताए ।
‘‘मानवीय चलखेल जुन स्थानमा बढी हुन्छ, त्यही स्थानमा बढी ज्यान जान सक्ने खतरा बढी हुन्छ ।’’ उनले भने, ‘‘त्यस्तो जोखिमलाई कम गर्न यो सम्मेलनले सरकारलाई थप मार्गनिर्देशन गर्ने हाम्रो अपेक्षा छ ।’’ दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा जापानको माइक्रो हाइस्कुलका १४ जना शिक्षक– विद्यार्थीसहित नेपालका १९ जिल्लाबाट विभिन्न ५७ जना विद्यार्थी र २८ जना शिक्षकहरु गरी ८५ जनाको सहभागिता रहेको छ ।
सम्मेलनमा पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधर, वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख उद्देश्य विपद् सुरक्षाको बारेमा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरुको चेतना अभिबृद्धि गर्ने मुख्य लक्ष्य रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिए । ‘‘विपद् सुरक्षाको विषयमा अन्य देशहरुमा प्राप्त ज्ञान तथा अनुभवको प्रचार–प्रसार गर्ने, यससम्बन्धी ज्ञान तथा अनुभवहरु विद्यालय–विद्यालयबीच आदान–प्रदान गर्ने उद्देश्य राखेका छौँ ।’’ उनले भने, ‘‘भूकम्प र विपद् सुरक्षाका उपायहरुबारे नेपाल र अन्य देशका विद्यालयहरुबीच आदान–प्रदान गर्ने र विद्यालय सुरक्षा र पूर्व तयारीका बारे साझा लक्ष्य र उद्देश्य निर्माण गर्ने रहेको छ ।’’