२०७७ मंसिर १५, सोमबार

विरामीको स्वास्थ्यमा खेलवाड गदै जाजरकोटका औषधी पसलहरु

hhhhhhभाद्र ८ , जाजरकोट । यहाँका ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेको औषधी पसलहरुमा अनुमती नलिएरै विरामी जाँच गर्ने गरेको खुलासा भएको छ ।

जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौ औषधी पसलहरुमा अनाधिकृत रुपमा विरामी जाँच गरी जथाभावी औषधी प्रयोग गर्ने गरेको पाईएको हो । औषधी व्यवस्था विभाग संग अनुमती नलिएरै विक्री वितरण गर्न प्रतिवन्ध लगाएका औषधी समेत खुल्याम विक्री वितरण भईरहेको छ ।

औषधी पसल सञ्चालककले अधिकार नै नपाएको सुत्केरी सेवा, गभवती सेवा, दाँत निकाल्ने सेवा, गर्भपतन सेवा, ईसिजी सेवा समेत सञ्चालन गदै आएका छन् ।

नियमनकारी निकायको व्यवस्थाका कारण जिल्लाका ग्रामीण भेगका प्रत्येक गाविसमा दुई भन्दा वढी औषधी पसलहरु सञ्चालन गरी जनसाधारणको स्वास्थ्य खेलवाड गदै चर्को रकम असुल्ने गरेको स्थानियको भनाई छ ।
औषधी पसलमा आएका विरामीलाई जथाभावी औषधी सेवन गर्न लगाएर सरकारी स्वास्थ्य संस्थाको औषधीले समेत काम गर्न छाडेको चिकित्सकको भनाई रहेको छ ।

गाउँका स्वास्थ्य संस्था भन्दा औषधी पसल सञ्चालकले कडा डोजको औषधी सेवन गर्न लगाएका कारण स्वास्थ्य प्रतिको विश्वासमा कमी ल्याउन औषधी पसल सञ्चालकहरु सफल भएका छन् । जिल्ला सदरमुकाममा मात्र कहिले काही अनुगमण हुने गाउँमा कहिले पनि अनुगमण नहुँने भएका कारण औषधी पसल सञ्चालकहरुले जनसाधारणको स्वास्थ्यमा खेलवाड गदै रजाई गर्ने मौका मिलेको स्थानिय वुद्धीजिवीहरु वताउँछन् ।

यहाँको भेरीमालीका नगरपालीका र २६ गाविसमा यस्ता मेडिकलहरु खुल्याम सञ्चालन गरेर सेवा भन्दा लुट मचाईरहेको स्थानियको आरोप छ । स्थानिय स्वास्थ्य संस्थामा औषधी नपाईने हुदाँ औषधी पसलमा सवै औषधी पाईने भएका कारण चर्को मुल्य असुल्दै दैनिक ठगी गरिरहेको पाईएको छ । जाजरकोटमा औषधी पसलहरु ९० भन्दा वढी सञ्चालनमा रहेका छन् ।

जिल्लाको,सेपुखोला,सक्ला,कालीमटी,थलह,स्याउलीवजार,नायकवाडा,घाट,मैदे,चौखा,पैक,पाँचकाटिया,खलंगा,रिम्ना,दामाचौर,सिलीगीचौर लगाएतका ठाउँमा रहेको औषधी पसलमा यस्तो कार्य हुदै आएको छ । नियम कानुन भन्दा पनि विरामी भएको अवस्थामा छिटो सन्चो होस भन्ने विरामीको चाहनाका कारण स्थानियहरु चर्को मुल्य तिरेर पनि औषधी पसलमा जाँन वाध्य भएको सक्ला १ का जयवहादुर खत्रीले वताउनुभयो । कडा डोजको औषधीको जथाभावी सेवनका कारण सरकारी स्वास्थ्य संस्थावाट उपलव्ध गराएको औषधीले काम नगर्दा ग्रामीण भेगका स्थानियहरु हैरान भएका छन् ।

चिकित्सकको सिफारिसका आधारमा औषधी पसलवाट विरामीलाई औषधी उपलव्ध गराउनु पर्ने नियम भएपनि आफै चिकित्सक वनेर दैनिक स्थानियको स्वास्थ्यमा खेलवाड गरेको स्थानिय वुद्धीजिवीको भनाई छ । थलह वजारमा एक र सदरमुकाम एक गरी जम्मा दुई वटा मात्र औषधी पसलले कानुनी प्रक्रिया पुरा गरी सञ्चालनमा रहेका छन् । सदरमुकाममा मात्र ९ वटा भन्दा वढी औषधी पसलहरु सञ्चालनमा रहेका छन् । औषधी व्यवस्था विभागको अनुगमण नगर्दा निकै समस्या आएको छ ।

कतियय ठाउँमा सरकारी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्य कर्मीले नै निजी औषधी पसल सञ्चालन गरेको पाईएको छ  उनीहरुले सरकारी स्वास्थ्य संस्था भन्दा पनि आप्नो औषधी पसलमा वढी ध्यान दिने गरेको स्थानियको आरोप छ ।