२०७७ कार्तिक ११, मंगलवार

सेनाको एयर वेश, मेला महोत्सवमा बढी प्रयोग हुन थाल्यो

सुर्खेत। भदौ १७ गते नेपाली सेनाले कर्णालीको राजधानी वीरेन्द्रनगरमा आपतकालीन उद्धारका लागि चौबिसै घण्टा हेलिकोप्टर एलर्ट राख्ने गरी एयर वेश स्थापना ग¥यो ।

सो एयर वेश मेला र महोत्सवहरुमा बढी प्रयोग हुन थालेका छन् । भदौ १९ गते उद्योग वाणिज्य संघ, जुम्लाले महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको सहभागिता थियो ।

यी बाहेक उक्त जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थियो । मंगलबार डोल्पामा हुन लागेको अपर डोल्पा महोत्सवमा मन्त्री तथा कर्मचारीहरुको लर्को लागेर सैनिक हेलिकोप्टरमा टोली डोल्पा पुगेको छ ।

माथिल्लो डोल्पोमा रहेको सबैभन्दा पुरानो विद्यालय, क्रिस्टल माउन्टेन स्कुलको रजत जयन्ती समारोहको अवसर पारेर महोत्सव आयोजना गर्न लागिएको हो । माथिल्लो डोल्पोका तीन गाउँपालिका ( साबिकका ७ गाविस)का लागि यो पहिलो विद्यालय हो ।

२०५० सालमा सरकार र एक्सन डोल्पोले यो विद्यालय स्थापना गरेका हुन् । उक्त विद्यालय स्थापना भएको एक दशकसम्म सो भेगमा कुनै विद्यालय थिएनन् । सा ेही विद्यालयको लगानीमा आयोजना गरिएको उक्त महोत्सवमा सहभागी हुन मन्त्रीहरुको लर्को लागेको हो । विद्यालयले कम्तीमा पनि १० लाख रुपैयाँ हेलिकोप्टरको भाडाबापत् तिर्नेछ । डोल्पामा आयोजना गरिएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती (बिष्ट)ले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी डोल्पा पुगेका छन् ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटी, प्रदेश सभा सदस्य बदमी क्वारी बोहोरा, रक्षामन्त्री ईश्वर पोख्रेलका पे्रस संयोजक लोकेन्द्र केसी, राससका महाप्रबन्धक ओपेन्द्र शर्मा लगायत सेनाकै हेलिकोप्टरमा डोल्पा पुगेका छन् ।

‘‘विभागीय मन्त्री जानु त ठीकै हो’’, संसदमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले भने, ‘‘सरकारको काम नै लर्को लागेर सार्वजनिक कार्यक्रममा जानुबाहेक अरु केही छैन ।’’

उनले डोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्री तथा सम्बन्धित कर्मचारीबाहेक अरुले जान आवश्यक नभएको बताए । ‘‘केही दिन अघि जुम्लामा भएको अर्गानिक कार्यक्रममा पनि यस्तै लर्को लागेको थियो’’ उनी भन्छन्, ‘‘सरकारका मन्त्री तथा कर्मचारीहरुले यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन ।

यसै पनि कर्णाली प्रदेश गरिब प्रदेशको रुपमा चिनिएको छ ।’’ गरिब प्रदेशको सरकारले व्यवहार भने सामन्तीपन देखाइरहेको उनको आरोप छ । नेकपाकै एक सांसदले सरकारले बढी तामझाम मनाउन नहुने बताए ।

‘‘आवश्यकताको आधारमा मात्रै हेलिकोप्टरको प्रयोग गर्नुपर्छ ।’’ उनी भन्छन्, ‘‘तर यहाँ लर्को लाग्ने बानीका कारण यस्तो समस्या भएको हुनुपर्छ । सरकारले लर्को लाग्ने चलनको अन्त्य गर्न जरुरी छ ।’’ नेपाली सेनाले स्थापना गरेको एयर वेश कर्णाली र सुदुर पश्चिम प्रदेशमा विपद् आए वा कुनै व्यक्तिलाई आपतकालिन उद्धार गरी बचाउनु हो ।

तर यहाँ सरकारका मन्त्रीहरुले गाडीमै पुग्न सकिने ठाउँमा पनि सैनिक हेलिकोप्टर प्रयोग गरी ठूलो रकम भाडा बापत् खर्च गर्ने गरेको दृष्टान्त धेरै छन् ।

‘यतिबेलै आपतकालिन उद्धार गर्नुपर्ने हेलिकोप्टर नपाउने अवस्था सिर्जना भएको छ ’ ’, व वीरेन्द्रनगरका व्यवसायी राजेन्द्र केसी भन्छन्, ‘‘सरकारलाई मस्तीका लागि सेनाले एयर वेश स्थापना गरेजस्तो भएको छ ।’’

तर सरकारका विभागीय मन्त्री नन्दसिंह बुढा भने सबैको सहभागिता हुने गरी आयोजकले बोलाएका कारण आफूहरु गएको बताए । ‘‘आज (बुधबार) २५ गते सामाजिक विकास मन्त्रीज्यूको कार्यक्रम पनि छ ।’’ उनले भने, ‘‘त्यसैले उहाँ आउनु भएको हो ।

त्यस्तो पावर र पहुँचका आधारमा कोही पनि गएका होइनन् ।’’ उनका अनुसार धो मा आयोजना गरिएको उक्त महोत्सवमा लाग्ने हेलिकोप्टर भाडा आयोजकले नै तिर्ने बताए । ‘‘प्रतिघण्टा पाँच लाख रुपैयाँको दरमो भाडामा हेलिकोप्टर लिएको हो ।’’ उनले भने, ‘‘कम्तीमा पनि १० लाख भाडा आयोजकले तिर्नेछ ।’’ यता, नेपाली सेनाले भने कर्णालीमा विपद्का बेला प्रयोग गर्ने गरी दुई हेलिकोप्टर राखिएको जनाएको छ ।

जङ्गी अड्डाका एक अफिसरका अनुसार कर्णालीका विकट जिल्लालाई मध्यनजर गर्दै राहत, उद्धार कार्यका लागि हेलिकोप्टर राखिएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेको फोन उठेन ।
विद्यालयको रजत जयन्तीका े अवसरमा विद्यालयले नै त्यत्रो रकम खर्च गरे कस्तो सन्देश दिन खोजेको हो, त्यो रहस्यमा नै छ । यता, महोत्सवका संयोजक ग्याल्पो भोटे थापासँग बारम्बार फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।