२०७७ कार्तिक १०, सोमबार

सञ्चारकर्मी बिश्वकर्माको दशैं तिहार कोशेली ए दुर्गा भवानी (भिडियो सहित)

सुर्खेत । हिन्दु नारीहरुको महान पर्व हरीतालीका तिज सकिए लगत्तै दशैंको चहलपहल बढ्न थालेको छ । तिज गीतले भरिएका सामाजिक सञ्जाल अब दशैं तिहारका गीतले सजिन थालेका छन् ।
यसै क्रममा लामो समयदेखि सञ्चार क्षेत्रमा काम गरेका सञ्चारकर्मी तथा पत्रकार गोविन्द बिश्वकर्माले पनि तीन करोड नेपालीलाई रुवाउने गीत बजारमा ल्याएका छन् । यस पहिला पनि धेरै गीतहरु बजारमा ल्याईसकेका बिश्वकर्माले यस पटक घर बाहिर रहेको पिडा सुनाउदै बिदेशमा सोचेजस्तो सजिलो नभएको र दु:ख मात्र हुने कारुणिक कथा बस्तुलाई समेटेर दशैं तिहार कोशेली ए दुर्गा भवानी को भिडियो सहित बजारमा ल्याएका हुन् ।
सञ्चारकर्मी बिश्वकर्माको शब्द, कमल संसारको लय, अलिफ खानको संगित संयोजन रहेको ए दुर्गा भवानीमा मध्यपश्चिम क्षेत्रमै चर्चा कमाउन सफल गायीका टीका पुन र धर्मेन्द्र शाहीको स्वर रहेको छ ।
घरमा गरीबिले सताएपछि एउटामात्र बिकल्प बिदेश हुने र पराईको देशमा रगत पसिना गर्न साह्रै अप्ठ्यारो हुने कथा संगै दशैं तिहार आउदा घरको याद आउने, सम्हालिन पनि गाह्रो हुने कथा बस्तु समेटीएको छ । यता घरमा भएका आमाबुवा, श्रीमती, छोराले भने बिदेशमा दु:ख हुन्छ असुरक्षा हुन्छ भन्दै रक्षा गर्दिनका लागी दुर्गा भवानीको प्राथना गरेका हुन्छन । संगै भएर खुशी हुन नपाए पनि एकअर्कामा खुशी हुन दुर्गा भवानीले मद्दत गर्ने गीतमा उल्लेख गरीएको छ ।
स्वयम् बिश्वकर्मा र उनकी श्रीमती निर्मला स्वर्णकार संगै छोरा अनमोल बिश्वकर्माको अभिनय रहेको भिडियोमा ग्रीम सुनार र पदमा सुनारको पनि महत्वपुर्ण भुमिका रहेको छ । मान बहादुर वलीको निर्देशन तथा सम्पादन, हेमन्त कडेंलको छांयाकन, ईन्द्रजित खड्काको श्रृंगार रहेको भिडियो छांयाकन वीरेन्द्रनगर सुर्खेतका विभिन्न ठाउमा भएको बिश्वकर्माले जनाएका छन् ।

बिश्वकर्माले यसअघि नै लोक दोहोरी तिम्रै घरको आगनमा पुगेर, दशैं तिहार घरको मायाले, लोकदोहोरी ढल्क्यो जवानी, आधुनिक गुमाउनु नै रैछ माया लगायतका आधा दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् ।