२०७७ कार्तिक १५, शनिबार

सहसचिव र उपसचिवलाई सोध्दै जनार्दन शर्माले भने, “तपाइँहरु कर्णाली बनाउन जाने कि नजाने ?”

सबै मिलेर कर्णाली प्रदेशलाई उत्कृष्ट बनाउने कामको थालनी गरौं : मुख्यमन्त्री शाही

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले कर्णाली प्रदेशमा स्थायी घर भई संघमा रहेर नीति निमार्णको तहमा पुगेका सहसचिव र उपसचिवहरुलाई कर्णाली प्रदेशमा जान आह्वान गरेका छन् ।

काठमाडौंमा बुधबार भएको छलफलमा सहभागी उनीहरुलाई समृद्ध कर्णाली प्रदेश निर्माण गर्ने जिम्मेवारी तपाईहरुको काँधमा आएको भन्दै कर्णाली प्रदेशमा नीति निर्माणको तहमा पुगेका कर्मचारीहरुको खाँचो रहेकाले कर्णालीमा गएर सहयोग गर्न आग्रह गरे ।

उनले भने, ुुसमृद्ध कर्णाली प्रदेश निर्माण गर्ने जिम्मा तपाई हामी सबैको हो। सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौं।ुु नेकपाको कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका सांसद शर्माले कर्णालीमा बजेट खर्च हुन नसकेको भन्दै यसका लागी नीति निर्माण गर्न र बजेट खर्च बढाउन विज्ञ कर्मचारीको खाँचो रहेको औंल्याए ।

छलफलमा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहसचिव र उपसचिवलाई आफ्नो मातृभूमिप्रति माया गर्न आग्रह गरे । उनले आफ्नो माटोको माया सबै देशभक्तमा हुनुपर्ने भन्दै कर्णालीमै जन्मे हुर्केका कर्मचारीले आफ्नो माटोको मर्म बुझेर काम गर्न तयार हुनुपर्नेमा जोड दिए ।

उनले भने, ुुहरेक नागरिकमा आफ्नो मातृभूमिको माया हुन्छ, मलाई विश्वास छ तपाईहरुप्रति पनि आफ्नो माटोको माया छ । कर्णाली बनाउन तपाईहरुको सहयोग आवश्यक छ । म आग्रह गर्दछु तपाई हामी सबै मिलेर कर्णाली प्रदेशलाई उत्कृष्ट बनाउने कामको थालनी गरौं ।ुु

छलफलमा सहभागी सहसचिव, उपसचिवहरुले आफूहरु टिम बनाएर कर्णाली प्रदेशमा जान इच्छुक रहेको प्रतिक्रिया दिएका थिए । उनीहरुले राजनैतिक नेतृत्वले त्यसका लागी पहल लिन आग्रह समेत गरेका थिए ।