२०७७ कार्तिक १५, शनिबार

कर्णाली प्रदेश अस्पतालमा देशमै पहिलो पटक सुसार कार्यक्रम लागु

सुर्खेत ।
उच्च शिशु मृत्युदरलाई ध्यानमा राख्दै कर्णाली प्रदेश अस्पतालमा देशमै पहिलो पटक सुसार कार्यक्रम शुरु भएको छ । गोल्डेन कम्युनिटी नामक संस्थाको सहयोगमा कार्यक्रम लागु गरिएको छ । नबजात शिशु जन्मदा मुटुको धड्कन जाचका लागी नियोबीट, भ्रुणको मुटुको जाँचको लागी कृतिम मास्क तथा व्याग, लगाएत आधुनिक उपकरणहरुसंस्थाद्घारा उपलव्ध भएकोे अस्पतालका सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेश अस्पतालले सिमिति श्रोतसाधनका बाबुजत पनि आवश्यक उपचार सेवा प्रदान गरिरहेको छ । उपलव्ध सेवा प्रदान गर्न सवै वार्डका कर्मचारीहरुलाई तालीम दिईएको गोल्डेन कम्युनिटिका सृजना शर्माले बताईन । कर्णालीमा भने यसको दर २९ प्रतिशत रहेको छ कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिए । गत महिना मात्रै ६ सय जना नवजात शिशु जन्मेकोमा १५ शिुशुको मृत्यु भएको डा. केसीको भनाई छ ।

जसमध्ये १० नवजात शिशु आमाको पेटमै मृत्यु भएको हो । नवजात शिशु मृत्युदरको मुख्य कारण नै बाल विवाह रहेको पाईएको छ । १५÷१६ वर्षकै उमेरमा बच्चा जन्माउनाले आमा र बच्चा दुवैको ज्यान जोखीममा पर्ने गरेको डा.केसीले बताए ।

अस्पतालमा स्वास्थ्यकर्मी मात्रै धेरै उपलव्ध भएर शिशुमृत्युदरलाई कम गर्न नसकिने उनकोे भनाई थियो ।

कर्णाली अस्पतालमा विशेषगरी छोरी जन्मना साथ स्वास्थ्य ठिक नहुदा नहुदै पनि अस्पताल नवस्ने गरेको पाईएको बताए । शिशु जन्मनासाथ उचित स्याहार सुसार नपाउदा जन्मेको २÷३ घण्टामै ज्यान जाने गरेको बताए । नेपालका विभिन्न ८ ओटा सरकारी अस्पतालहरुमा सुसार कार्यक्रम लागु गरिएको छ ।

न्र्तक्रियामा नेपालमा हरेक वर्ष ११ हजार मृत्यु शिशुहरु जन्मने गरेको तथ्याङ्क समेत प्रस्तुत गरिएको छ । सन २०३० सम्म यसलाई १२ प्रतिशतमा राख्ने लक्ष्य सरकारले लिएको छ । शिशुमृत्युदर लाई कम गर्न सामाजिक सचेतनाका क्षेत्रमा कलम चलाउन पनि संचारकर्मिहरुलाई सरोकार वालाले आग्रह गरेको छन ।