२०७७ कार्तिक ११, मंगलवार

भेरी अस्पतालमा बच्चाको मृत्यु भन्दै नवजात शिशु दिइयो

बाँके । सुत्केरी व्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीले शुक्रबार बिहानै करिब पाँच बजे शिशुलाई जन्म दिइन् ।
जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो । अस्पतालको प्रसुती कक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइदिए ।

शिशु जन्मिएपछि खुसी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारीमा लागे । छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीच बाटोमै चल्मलायो ।

‘‘प्रसुती कक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलिथिनमा राखेर दिए, दु? कर्मचारीले कपडा धोएको ५ सय र बच्चा गाडेको एक हजार ५ सय गरी दुई हजार मागेपछि हामी आफैं गाड्छौँ भनेर लैजाँदै गर्दा बच्चा चलमलायो’’, मिलनले भने । तर अस्पतालले भने यस्तो अवस्थामा जन्मिएको बच्चा बचाउन असम्भव हुन े बताएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै भदौ २६ मा गराइएको भिडिओ एक्सरे अनुसार बच्चाको अनुमानित तौल ६ सय ८ ग्राम भएको जनाएको छ ।

‘‘समयावधि प हिले जन् मेक ा बच्चाहरूको व्यवस्थापनसम्बन्धी प्रोटोकोलहरू अनुसार पनि संसारको विकसित मुलुकमै पनि ५ सय ग्राम तौल वा २२ हप्ता भन्दा पहिले जन्मेका बच्चाहरू बचाउन सम्भव हुँदैन, यस्तो अवस्थालाई गर्भपतन भनिन्छ’’, विज्ञप्तिमा भनिएको छ । कमला गर्भवती भएको २३ हप्ता भएको थियो ।

‘‘यो केसमा पनि आमा अस्पताल आउँदा पाठेघरको मुख पूरा खुल्ला भएको, योनीको बाटोमा रगत रहेको र अस्पतालमा आएको केहीबेरमै ( बिहान ५ः४५)मा बच्चा स्वतः झरेको (एक्पेल भएको) थियो’’, अस्पतालले भनेको छ, ‘‘बच्चा जन्मिनेबित्तिकै रूने, सास फेर्ने, हात गोडा चलाउने गतिविधि नगरेको, परीक्षणमा मुटुको धड्कन नसुनिएको र नालमा समेत गति नभएको अवस्था थियो ।’’

बच्चाको ढा ड र पैताला चलाउँदासमेत कुनै सुधार नभएकाले त्यही बेला प्रसुती कक्षकी नर्स अर्को बिरामीलाई हेर्न गएको अस्पतालको भनाइ छ । ‘‘केही समयपछि आएर हेर्दा समेत बच्चाको अवस्थामा कुनै सुधार भएको नपाए पछि, दिन नपुगेको २३ हप्ताको ६०० ग्रामको बच्चा जन्मेको हुँदा मेरो बच्चा बुझिलिएँ’’ भनी भरपाइ गराइ बिहान करीब ६ः३० मा बच्चा बिरामीको पक्षलाई बुझाइएको थियो’’, विज्ञप्तिमा भनिएको छ ।

अस्पतालले मृत भनी पठाएकी शिशुलाई फेरि साढे सात बजेतिर अस्पताल भर्ना गरिएको छ । अस्पतालको एनआइसियूमा राखेर अक्सिजन र अन्य औषधी दिएर उनका े उपचा र भइरह ेक ा े छ । ‘‘बच्चालाई भेन्टिलेटरको आवश्यकता हुने भनी बालरोग विशेषज्ञहरूबाट राय पेश भएको ।
भेरी अस्पतालमा बच्चाहरूको भेन्टिलेटरको लागि सोधपुछ गर्दा उपलब्ध नभएको तर अस्पतालमा उपलब्ध हुने हरसम्भव उपचार गराउन अस्पताल प्रयासरत छ’’, विज्ञप्तिम ा भनिएक ा े छ, ‘‘प्रिम्याच्युर बच्चाहरूमा पूर्वानुमान गर्न गाह्रो हुने शारिरिक अवस्थाको कारणले गर्दा हुन पुगेको घटना हामी सबैको निम्ति पाठ हुन पुगेको छ ।’’ भन्छन्, ‘‘अब यसमा हेरफेर गर्न सकिँदैन ।’’