२०७७ माघ ३, शनिबार

विकासे कामहरुको अनुगमनमा जोड

cropped-cropped-logos-1.jpgसुर्खेत, भदौ ९ ।
लगाम गाउँ विकास समितिका नागरिकहरुले गाविसमा भईरहेको विकासे कामहरुको प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिएका छन् । युएसएआइडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित साझेदारी विकास परियोजना र गो गो फाउण्डेशनको सहयोगमा गाविस कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिहरुको यस्तो जोड दिएका हुन् ।

कामहरुको समयमै अनुगमन नहुँदा गुणस्तरीयता नभएको भन्दै गुणस्तरीय कामका लागि अनुगमन अत्यावश्यक रहेको उनीहरुको भनाई थियो । समयमा अनुगमन नहुँने र भएपनि प्रभावकारी रुपमा नहुँदा बेथिती मौलाईरहेको नागरिकको भनाई छ । त्यस्तै उनीहरुले गाविसको वजेट शिर्षक अनुसार नै खर्च हुनुपर्नेमा जोड दिएका छन् ।

एक शिर्षकको बजेट अर्कै शिर्षकमा खर्च गरिरहेको पाईएकाले यसलाई रोक्नुपर्ने उनीहरुको माग थियो । स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउनुपर्ने स्थानीय बासीको भनाई छ । स्वास्थ्य चौकीमा औषधी अभावका कारण समयमा सेवा लिन नसकिएको उनीहरुको गुनासो थियो । स्वास्थ्य चौकी टाढा रहेका कारण सेवा लिन कठिनाई भएको भन्दै गाउँ घर क्लनीकमै अनमि आएर सेवा प्रदान गर्नुपर्ने आवाज नागरिकले उठाएका थिए ।

नागरिकको मागलाई सम्बोधन गर्दै गाविस सचिव टेकबहादुर शाहीले विकासे कामहरुको प्रभावकारिताका लागि अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन् । सचिव शाहीले स्वास्थ्य संस्थामा अभाव रहेका औषधीहरु समन्य गरी तत्काल जिल्लाबाट मगाउनका लागि पहल थाल्ने बताए । नागरिक वडापत्रलाई देखिने गरी प्रष्टसंग राख्ने, गाविसले दिने सेवा सुबिधाहरुलाई वडा नागरिक मञ्च मार्फत सबै ठाउँमा प्रचार प्रसार गर्ने लगायतका प्रतिबद्धताहरु सरोकारवालाहरुले गरेका थिए ।

कार्यक्रममा गाविस सचिव शाही, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, विभिन्न कार्यालय प्रतिनिधि, सुन्दर नेपाल संस्थाका जिल्ला संयोजक बिना भट्टराई लगायतको सहभागिता रहेको कार्यक्रमको सहजिकरण मोहन माया ढकालले गरेकिथिइन ।