२०७७ कार्तिक १५, शनिबार

कर्णालीको राजधानी फुटपाथ १० मिटर, सडक ६ मिटर

सुर्खेत । वीरेन्द्रनगरको मुटु बुद्धपथमा १० मिटरको फुटपाथ छ । सडक मुश्किलले ६ मिटर मात्रै छ । नेताचौकदेखि करिब आँखा अस्पतालसम्मको अवस्था यही हो ।

सबैभन्दा बढी सवारी चाप हुने सडक यही हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, प्रदेश सभा जानका लागि यही बाटो प्रयोग सर्वाधिक हुन्छ । तर बाटोको अवस्था हेर्दा असामान्य लाग्ने गरेको छ । सडक मुश्किलले ६ मिटरको छ भने अव्यवस्थित फुटपाथ १० मिटर भन्दा बढी रहेको छ । पक्कीभन्दा कच्ची बाटोमा सरर सडकको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ ।

राजधानीका सवारी चालक कालोपत्रे सडकमा हिँड्नुभन्दा कच्ची सडकमा हिँड्ने गरेका छन् । ‘‘कालोपत्रे गरिएको सडकमा ठूला–ठूला खाल्डा छन् ।’’ स्थानीय दीपकजंग शाही भन्छन्, ‘‘त्यो भन्दा कच्ची सडक नै राम्रो छ ।’’ प्रदेश राजधानी सहर भएका कारण अहिले सवारी जाम बढ्नु नयाँ कुरा भएन तर राज्यले कम्तीमा राजधानीका सडक बनाउन नसक्दा दुर्घटना बढ्दै गइरहेका छन् ।

गत वर्ष मात्रै प्रदेश सरकारको अर्बौ रकम फ्रिजभएर फिर्ता गएको थियो । वीरेन्द्रनगर नगरपालिका आफूसँग बजेट नै नभएको बताउँदै झारा टार्ने काम गर्दै आइरहेको छ ।

उसो त नगरपालिकाले गत आर्थिक वर्षमा बजार क्षेत्रका भित्री सडकको कालोपत्रे भने गर्न सफल भएको छ । सबैभन्दा बढी प्रयोग हुने सडक बुद्धपथ हुँदै सामाजिक विकास मन्त्रालय जाने सडकको अवस्था दयनीय छ । मन्त्री, सांसद, सर्वसाधारण सबैले उक्त बाटोमा बारम्बार यात्रा गर्नुपरे पनि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अगाडी सडक बनाउन प्रदेश सरकारले सकेन ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका जाने बाटोको अवस्था त्यो भन्दा झन् दयनीय छ । उक्त बाटो बनाउन न नगरपालिकाले ध्यान दियो न त प्रदेश सरकारको ध्यान नै पुग्न सक्यो । कर्णाली प्रदेशकै सबैभन्दा चर्चित पर्यटकीय गन्तव्य काँक्रेविहार जान हम्मे–हम्मे पर्ने गरेको छ । सडकको अवस्था यस्तो दयनीय छ की खाल्डा नभएको स्थान नै छैन ।

जम्माजम्मी ४ किलोमिटरको बाटोको यात्रा गर्न लामो समय बिताउनुपर्छ । विद्यार्थी नेता तथा अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतका अध्यक्ष धुपेन्द्र शाही सरकारको काम गराई र बोलाईमा एकरुपता नभएका कारण विकासे कामले गति लिन नसकेको बताउँछन् । ‘‘सरकार बीचमा अस्वस्थ प्रतिस्पर्धा पो भयो की ोतलाई अधिकतम प्रयोग गरेर बजार क्षेत्रका सडकहरुको मर्मत गरिएको दावी गरे । ‘‘हामीसँग पर्याप्त पूँजीगत बजेट नै छैन ।’’ उनी भन्छन्, ‘‘तैपनि हामीले गत वर्ष वीरेन्द्रनगरका भित्री सडक कालोपत्रे गरेका छौँ ।

हामीले चाहेर पनि गत वर्ष बजार क्षेत्रका महत्वप ूर्ण सडक निर्माण गर्न सकेनौँ ।’’ नगरप्रमुख सुवेदीका अनुसार नगरपालिकाको प्राथमिकतामा मंगलगढी–काँक्रेविहार सडक परेको छ । स्थानीय तथा प्रदेश सरकारबाट उक्त सडक निर्माणका लागि टेण्डर आव्हान् भइसकेको छ ।

यी लगायत अन्य सडकको निर्माण गर्ने, टेण्डर आव्हान् गर्ने कार्यमा प्रदेश सरकारसँग सहकार्य भइरहेको उनको भनाइ छ । ‘‘अहिले हामीसँग करिब २० करोड बराबरको सडक सञ्जालका लागि डिपीआर तयार भइसकेको छ ।’’ उनले भने, ‘‘अब हामीप्रदेश सरकारसँग सहकार्य गर्दै सबै सडक निर्माण गर्ने गरी अघि बढ्छौँ ।’’ तर प्रदेश सरकार भने सडकको प्रयोग गरे पनि त्यसको सुधारतर्फ अग्रसर भएको देखिँदैन ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गत वर्ष काम गर्न ढिलाई भएको बताइन् । ‘‘गत वर्षको भौतिक पूर्वाधार तर्फको बजेट कार्यान्वयनमा ढिलाई भएका कारण सडक निर्माणले प्राथमिकता पाउन नसकेको हो ।’’ उनले भनिन्, ‘‘यो वर्ष हामी सकेसम्म वीरेन्द्रनगरका सडक चिल्ला पार्ने गरी अघि बढ्नेछौँ । सरकारको तयारी वीरेन्द्रनगरलाई बनाउने नै हो ।’’