२०७७ कार्तिक ११, मंगलवार

निराशा होइन, आशा जगाउने गीत गाउनुस् : मन्त्री रावल

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आशा जगाउने खालका गीतहरु गाउन कर्णालीका कलाकारहरुलाई आग्रह गरेका छन् । मंगलबार वीरेन्द्रनगरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रथम प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै उनले निरासामात्रै छाउने गीतहरु नगाइदिन आग्रह गरेका हुन् ।

‘‘अहिलेसम्म हामीले विरोधका र निरासाजगाउने गीतहरु मात्रै गायौँ । ’ ’ उनले भने , ‘‘विकास र सम्बृद्धिका गीतहरु गाई कर्णाली सम्बृद्धिको अभियानमा जोडिनुहोस् ।’’

निराशा होइन, आशा जगाउने गीत गाउनुस् ः मन्त्री रावल मन्त्री रावलले प्रदेश सरकारले कर्णाली सा ंस्कृतिक घर निर्माण गर्ने , कणौली सांस्कृतिक एकेडेमी गठन गर्र्ने, जुम्लाको सिंजामा अन्तर्राष्टिय भाषा सम्मेलन गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए ।

‘ ‘कला साहित्यको सुरक्षा , सम्बद्र्धन र प्रोत्साहनका लागि प्रदेश सरकार यहाँहरुसँग सहकार्य गर्न तयार छ ।’’ उनले भने, ‘‘कर्णाली नेपाली भाषाको उद्गम थलो हो । सभ्यताको ऐतिहासिक थलो हो ।’’